साझा नेटवर्क
साझा नेटवर्क , काठमाडौँ बैशाख ८ । नेपालमा पहिलो पटक मोडल सङस नेपाल प्रालिले अन्तराष्ट्रिय स्तरको मिस स्कुबा नेपाल २०१८ सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ l मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला प्रतियोगीहरुले मोडल सङस नेपाल प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउनसक्ने छन l प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४’ ७” प्रतियोगीहरु हुनु पर्नेछ l उक्त प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भागलिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने छन l प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।https://docs.google.com/forms/d/e/1FAIpQLScJtt1w3uxnF8FF6-G9G1sT211KChZlR32wDIHEOI5TmXYHIA/viewform?usp=send_form अनलाइन रजिस्ट्रेसन फर्मको लागि यो लिंकमा क्लिक गर्नु होला । ...
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend