logo
  • शुक्रबार, कार्तिक १४ २०८३

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकारको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, कार्तिक १४ २०८३

शिव सुबेदी, बुटवल कात्तिक १३ ।
पश्चिम नवलपरासीमा भएको दुर्घटनामा रुपन्देहीका पत्रकारको मृत्यु भएको छ। रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको हो।

शुक्रबार दिउँसो करिब १२ बजे हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई बायाँतर्फबाट ठक्कर दिएको थियो।

दुर्घटनापछि प्रहरीले ट्रक र ट्रक चालक तथा मोटरसाइकल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ल्याएको छ। ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रुपन्देहीको पत्रकार तिलोत्तमा नगरपालिका–१३, भलवारी निवासी हुन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend