साझा नेटवर्क
कमल पौडेल , बागलुङ बैशाख ६ ।
देशैभर विद्यार्थी भर्ना अभियान चलिरहेको सन्दर्भमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले ३ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ।
आज त्रिभुवन मावि खर्वाङमा बडिगाड गाउँपालिका वडा नं. ४ जलजला, खोल्टेपानीका हिमाल श्रीसलाई कक्षा नर्सरीमा, बडिगाड गाउँपालिका ५ ग्वालीचौर, रेमीका हिरा थापा लाई अंग्रेजी माध्ययम तर्फ कक्षा ९ मा र बडिगाड गाउँपालका २ गहतेका हेमराज वि.क. लाई कक्षा ५ मा भर्ना गरी भुसालले अभिभावकत्व प्रदान गर्नुभएको हो।
सो कार्यक्रममा वोल्दै भुसालले कुनैपनि बालवालिका कुनै पनि वाहनामा विद्यालय वाहिर रहन नहुने वताउनु भएको छ। त्यस्तै प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यालय आउन नसक्ने वालवालिकालाई आवश्यक सहयोग गर्न विद्यालय तयार रहेको बताउनुभएको छ।
आर्थिक वा अन्य समस्याले कुनै विद्यार्थी विद्यालय आउन नसकेको भए सम्पर्क गर्न भण्डारीले आह्वान गर्नुभएको छ। कार्यक्रम शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो। त्रिभुवन मावि खर्वाङमा साधारण धार तर्फ अंग्रेजी माध्यमतर्फ कक्षा नर्सरी देखि ९ सम्म, नेपाली माध्यममा कक्षा ४ देखि ९ सम्म र प्राविधिक धार तर्फ कृषि बालि विज्ञान विषयमा कक्षा ९ मा भर्ना तथा कक्षा चलिरहेको छ।
स्मरण रहोस् भुसालका आफ्ना ३ वच्चाले पनि सोहि सामुदायी विद्यालयमा अध्यन गरिरहेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend