logo
  • आइतबार, असोज ११ २०८३

जनप्रतिनिधी र सरोकारवालालाई सकरात्मक सोच सम्बन्धी प्रशिक्षण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

????????????????????????????????????

टोपलाल अर्याल , गुल्मी बैशाख ७ ।
सवै वर्ग र समुदायका मानिसको उपस्थिती । आनन्दपुर माविको खेल मैदान खाली थिएन । करिव पाँच सय तन्नेरी, अर्धबैसे र बृद्धबृद्धा ।
एउटा मानिसको प्रतिक्षामा सयौ मानिस । राष्ट्रिय गानमा गुञ्जिएको त्यो तस्विर निकै भद्र । ठुलो जमात चर्चित जीवन प्रशिक्षक नरबहादुर कार्कीको बोलिमै लठ्ठिएका थिए । ‘मन थाम्नै सकिएन, मैले पनि विगतका स्मृती सम्झिए,’इस्मा गाउँपालिकाका उपप्रमुख विमला खत्रीले भनिन,‘मेरो मात्रै नभएर, धेरैका आँखा आँसु देखे ।’ त्यहि मेलोमा एक बृद्ध आमा बिचबाट जुरुक्क उठिन । र भनिन, ‘मैले छोरोको प्रतिक्षामा धेरै गीत र कविता लेखे तर बिर्सन सकिन, आखिर आँसुनै मेरो जीन्दगी ठाने ।

’ अर्की एक जना महिलाले पनि आफु ११ बर्षमा बिहे भएर पतिले छाडेपछिको तितो यर्थाथ सुनाउँदै थिइन् । यी पात्रहरुको स्मृति र पीडामा धेरैका जीन्दगीका कथाहरु मिल्ने भएकाले पनि सिङ्गो कार्यक्रम नै रोहिरहेको थियो । कारण जीवन प्रशिक्षक कार्कीले सवैलाई जीन्दगीका नमिठा क्षण सुनाउन भनिरहेका थिए । हिजोका नकरात्मक सोचको अन्त्य गर्न सके भोलीको सुन्दर संसार निर्माण गर्न सकिने अभियानमा रहेका प्रशिक्षक कार्कीले धेरैलाई सकारात्मक सोच निर्माण र प्रयोग बारे जानकारी गराएका छन् ।इस्मा गाउँपालिकाले स्थानीय तह निर्वाचित गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसहीत सवै जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संघसंस्थाका कर्मचारी, बिद्यालयका शिक्षक शिक्षिका तथा अन्य सरोकारवालाई सकरात्मक सोच सम्बन्धि प्रशिक्षणको आयोजना गरिएको थियो । गाउँ तथा नगर भित्र थुप्रै समस्या छन, विकासले लगानी अनुसारको गति लिन सकेको छैन, मानिसमा नकरात्मक सोच र संका हावि भएका कारण सकारात्मक सोच बारे प्रशिक्षण आयोजना गरिएको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए ।

प्रशिक्षक नरबहादुर कार्कीले जीवनको पून : निर्माण, जीवनको पुर्न ः लेखन र नतिजा उन्मुख जिम्मेवारी निर्वाह बारे जानकारी गराइएका थिए । कार्कीले विभिन्न वास्तविक कथा, घटना र खेलहरु मार्फत जीवन जिउने विभिन्न कलाहरु प्रदान गरेका थिए । दुई दिने प्रशिक्षणको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै उनले मान्छेको सोच धेरै मुल्यवान हुने भएकाले परम्परागत घृणित सोचको अन्त्य गरि नयाँ बिचारका साथ अगाडी बढ्न सवैलाई अनुराध गरे । साथै उनले करिव पाँचसय जनालाई प्रशिक्षण दिँदा त्यसको थोरै प्रतिशतले मात्रै सकरात्मक सोचे आफ्नो र समाजको विकास सुन्दर बन्न सक्नेमा उनले जोड दिए ।

कार्यक्रममा मन्त्री बिष्ट, प्रदेश सांसद द्धय खडक केशी र डाक्टर पुरन बज्र्राचार्य, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली तथा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका जिल्ला स्थित प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रम इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टको अध्यक्षता, उपप्रमुख विमला खत्रीको स्वागत तथा प्रमुख प्रसासकीय अधिकृत सरोज पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रशिक्षण कार्यक्रममा पत्रकार संगम महतले सहजीकरण गरेका थिए । यसैबिच मुसिकोट नगरपालिकाले पनि बैशाख ७ र ८ गते सोहि प्रशिक्षण संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend