साझा नेटवर्क
????????????????????????????????????
हुमाकान्त पोखरेल , गुल्मी बैशाख ८ ।
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्णराज विष्टले श्रमिकको उन्नती नभएसम्म देशको उन्नती हुन नसक्ने बताए ।
बुधबार गुल्मीको इश्मा गाउँपालिका ५ रजस्थलमा आयोजित जिवन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्वदेश तथा विदेशमा रहेका कुनैपनि नेपाली श्रमीकहरुको जिवनस्तरमा सुधार नभएसम्म समृद्ध नेपालको नेपालको सपना पुरा नहुने उनले बताए ।
‘श्रमजिवी वर्गको जिवनस्तर माथि नउठेसम्म समृद्ध नेपाल निर्माण गर्न सकिदैँन ।’ उनले भने, ‘यसका लागि सरकारले नयाँ ढङ्गले काम गरिरहेको छ ।’ यसका साथै उनले नयाँ नेपाल निर्माण गर्न विदेशमा रहेका युवाहरुलाई नेपाल भित्राई अधिकतम रोजगार सिर्जना गर्न सरकार लागिपरेको समेत बताए ।
त्यस्तै अर्को प्रसंगमा उनले अहिले नेपाली श्रमिकहरुले कामको उचित मूल्य नपाएकोले त्यसको मूल्य तोक्न लागिएको समेत बताए । विभिन्न क्षेत्रमा शारीरिक तथा मानसिक दुवै ढङ्गले काम गर्ने श्रमिकहरुलाई उचित मूल्य कायम गर्न श्रम मन्त्रलाय लागिपरेको समेत उनले जानकारी गराए ।
झण्डा फरफराउन होइन, काम गर्न मन्त्री भएको हुँ
अर्को प्रसङ्गमा उनले आफू झण्डा फरफराउन नभई जनताको सेवा गर्न मन्त्री भएको बताए । आफूलाई जनताको हाकिम भन्दापनि सेवकको रुपमा सम्झन समेत सबैलाई आग्रह गरे । ‘सासंद सम्म हुँदा नै जनताको नोकर भएको अनुभुत गरेको थिएँ ।’ उनले भने, ‘अहिले मन्त्री भएपछि झन ठूलो नोकर भएको छु ।’ मन्त्री पदमा बसेर झण्डा मात्र फरफराएर देशको विकास नहुने उनको भनाई थियो ।
मन्त्री विष्ट इश्मा गाउँपालिका ४ दोहोलीस्थित ‘ढोकामुख खुगँ कोटकोटेरी मोटर बाटो’ को उद्घाटन लगायतका विविध कार्यक्रमका लागि मंगलबार गृहजिल्ला गुल्मी आएका हुन् । तिन करोडको लगानीमा साढे सात किलोमिटर मोटरबाटो संचालनमा आएसँगै स्थानिय खुसि भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend