साझा नेटवर्क
हुमाकान्त पोखरल , गुल्मी बैशाख ६ ।
मानिसमा सकारात्मक सोचको विकास गराउन गुल्मीको इश्मा गाउँपालिकाका नागरिकलाई त्यससम्बन्धि प्रशिक्षण दिइएको छ ।
जिवनमा केहि गर्न सक्दिन भन्ने हिनताबोधलाई कम गर्ने उदेश्यले प्रशिक्षण दिइएको हो । इश्मा गाउँपालिकाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा जिवन प्रशिक्षक नर बहादुर कार्कीले प्रशिक्षण दिएका थिए । गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारी, शिक्षक, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न स्यम् सेविका, आमा समुह, युवा क्लव लगायतका वर्गलाई जिवन जिउने कलासम्बन्धि प्रशिक्षण दिइएको हो ।
त्यस्तै जिवनदेखि नै हार खाने, विभिन्न कारणले ठूलो पिडा परेकाहरु पनि तालिममा सहभागि भएका थिए । तालिमको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण विष्टले इश्मा गाउँपालिकाका सबै नागरिकमा सकारात्मक सोचको मात्रै विकास हुनेमा आफू आशावादी रहेको बताए ।
मानिसमा विद्यमान नकारात्मक सोचको विकास भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न गाउँपालिकाले नै तालिमको अयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत सरोज पोखरेलले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend