साझा नेटवर्क
कमल पौडेल , बागलुङ बैशाख ६ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उत्तरगंगा जलासय युक्त विद्युत परियोजना बागलुङमै वन्नु पर्ने वताउनु भएको छ।
नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनुभएका विष्टले बुधवार साँझ बागलुङको खर्वाङमा अगुवा कार्यकर्ताहरुलाइ सम्बोधन गर्दै सो कुरा वताउनु भएको हो। परियोजना बागलुङ तर्फ संचालन गर्ने कि रुकुम तिर गर्ने भन्ने विषयमा विवाद भैरहेको सन्दर्भमा विष्टले जनता समेत सचेत हुन आग्रह गर्नुभएको छ। सो परियोजना बागलुङ र रुकुमको भागमा रहेको ढोरपाटनमा जलासय निर्माण गरि बागलुङको निसिमा विद्युत गृह मार्फत उत्तरगंगाको पानी वडिगाडमा खसाली सम्पन्न हुँदा गुल्मी बागलुङका जनताले थप सुविधा पाउने छन्।
त्यस्तै विष्टले एमाले माओवादी एकताको विषयमा शंका नगर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। ‘केहि दिन ढिलो हुन सक्छ तर पार्टि एकता हुन्छ’ विष्टले भन्नुभयो ‘जनताले एकतलाई अनुमोदन गरिसकेकोले पछि हट्ने कसैलाई छुट छैन।’
कार्यक्रममा प्रदेश सांसद खड्क केसि, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, नेकपा माओवादी गुल्मी जिल्ला अध्यक्ष विर वहादुर कार्कि, मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, वडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, मदाने गाउँपालिकाका अध्यक्ष दान वहादुर केसि, नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभागका केन्द्रिय सदस्य सुनिल शेरचन लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रममा जनगायक जिवन शर्माले विभिन्न जनवादी गितहरु प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम नेकपा एमाले वडा संगठन कमिटि बडिगाड गाउँपालिका २ का अध्यक्ष दिन वहादुर केसिको अध्यक्षता, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालको स्वागत मन्तव्य तथा कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend