logo
  • आइतबार, असोज ११ २०८३

रुकुमको काँक्रे बागलुङ हुँदै काठमाडौका लागि डिलक्स बस संचालन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल खड्का , बुर्तिवाङ बैशाख ८ ।
बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी संघ र सिस्ने हिमाल वस तथा मिनि वस यातायात व्यवसायी समितिको संयुक्त व्यवस्थापनमा वैशाख ५ गते बाट पुर्वी रुकुमको काक्री देखि बुर्तिबाङ , बागलुङ हुदै काठमाण्डौ सिधा डिलक्स वस सेवा सञ्चालन भएको छ ।
बुर्तिबाङ हुदै बस संचालन भएपछि पुर्वी रुकुमका जनतालाई दाङ हुँदै यात्रा गर्ने नपर्ने भएकाे छ । दाङबाट जादा धेरै समय लाग्ने स्थानीयकाे भनाइ रहेकाे छ । बस सेवाको संचालन कार्यक्रममा पुर्वी रुकुम जिल्लाका भुमे गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष नरबहादुर बुढाले रिबन काटेर उद्घाटन गरेका हुन् ।

समितिले रुकुम देखि काठमाडौ सम्मकाे भाडादर प्रति यात्रु १ हजार ९ सय तोकेको छ भने बस रुकुमको काक्रीबाट विहान ११ वजे र काठमाण्डौबाट दिनको ४.३० वजे छुटने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend