साझा नेटवर्क
कमल पौडेल ,बागलुङ बैशाख ८ ।
बडिगाड गाउँपलिकाका अध्यक्ष मेयरसिंह पाइजाले सरकारले घोषणा गरेका योजना कार्यान्वय गर्ने जिम्मेवारी सवै जनप्रतिनिधि तथा कर्मचारीको हुने वताउनु भएको छ।
शुक्रवार त्रिभुवन मावि खर्वाङमा नयाँ विद्यार्थी स्वागत तथा परिचयात्मक कार्यक्रममा वोल्दै पाइजाले सो कुरा वताउनु भएको हो। पाइजाले विद्यार्थी भर्ना कार्यक्रम मार्फत पिछडिएको वर्ग, समुदायका वालवालिका विद्यालय भित्र आउने वातावरण वन्ने र सो अभियानमा लाग्न र अगुवाई गर्न आग्रह गर्नुभएको छ। त्यस्तै त्रिभुवन माध्यमिक विद्यालय बडिगाड गाउँपालिका भित्र मात्रै नभएर नेपालकै उत्कृष्ठ विद्यालय वन्ने अभियानमा लागेको भन्दै गाउँपालकाको सकारात्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रमवाटै पाइजाले वडिगाड भित्रका सवै सामुदायीक तथा संस्थागत विद्यालयलाई शैक्षिक, बौद्धिक कृयाकलापलाई जोडसाथ उठाउन आग्रह गर्नुभएको छ। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शिव पोखरेलले विद्यालयमा संचालित कार्यक्रम तथा भावि कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो। सो विद्यार्थी स्वागत कार्यक्रममा अंग्रेजी माध्यम तर्फ नयाँ भर्ना भएका ६० जना विद्यार्थीलाई टिका र खादाले स्वागत गरिएको थियो। त्यस्तै अन्य विद्यार्थीहरुलाई टिका र मिठाइले स्वागत गरिएको थियो।
नेपाली माध्यम तथा प्राविधक धार तर्फ का विद्यार्थीहरुलाई भने अर्को हप्ता स्वागत गर्ने विद्यालयले जनाएको छ। कार्यक्रम विद्यालय व्यावस्थापन समितिका सदस्य दुर्गा अर्यालको अध्यक्षता, सहायक प्रधानाध्यापक कृष्ण प्रसाद पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।
त्रिभुवन मावि खर्वाङमा अंग्रेजी माध्यममा कक्षा नर्सरी देखि कक्षा १० सम्म कक्षा सञ्चालन सुरु भएको छ भने नेपाली माध्यममा कक्षा ४ देखि १० सम्म आइतवार देखि कक्षा संचालन हुने तथा प्राविधिक धार तर्फ कक्षा ९ मा कृषि तथा वालि विज्ञानमा आइतवार प्रवेश परीक्षा संचालन गर्ने तयारी भएको विद्यालयका सुचना अधिकारी शिव पोखरेलले जानकारी दिनुभएको छ।
बडिगाड गाउँपालिका भित्र ६५ सामुदायीक तथा ३ संस्थागत विद्यालय रहेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend