logo
  • शनिबार, भाद्र २० २०८३

निसीखोला बचत तथा श्रण सहकारीको साधारणसभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

विमल खड्का, बागलुङ पुष २३ ।
निसीखोला बचत तथा रिण सहकारी संस्था लि.को छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रममा जेष्ठ शेयर सदस्य मानसिंह गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शेयर हिरा बहादुर पुन, थम्मन घर्ती, जकक छन्त्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको बताइएको छ । कार्यक्रममा संस्थाका सचिव झक बहादुर क्षेत्रीले प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक पाराश्वर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने रिण संयोजक हुतराज भुसालले रिण लगानी हिसाब प्रतिवेदन प्रस्तुत गर्नुभएको बताइएको छ ।

उक्त कार्यक्रममा साधारणसभाबाट भावी कार्ययोजना माथि व्यापक छलफल गरि सबै प्रतिवेदनहरु पारित गरिएको बताइएको छ । संस्थाका अध्यक्ष भुमिराज घर्तीको अध्यक्षता र शेयर सदस्य चित्रा कुमारी पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सचिव झक बहादुर क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend