logo
  • बिहिबार, असोज २९ २०८३

अधिकृत महतोले गरेका सनाखत नामसारीका थप प्रमाण फेला, अख्तियारको कारवाही सुस्त


  • साझा नेटवर्क
  • बिहिबार, असोज २९ २०८३

रंजित चौरसिया,वीरगंज असोज २९ ।
यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिकृत रामसुन्दर महतो माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सनाखत नामसारी, राजस्व छली, सम्पत्ति शुद्धिकरण लगायतका विषयहरुमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाई रहंदा अधिकृत महतोले “पैसा फेंको तमासा देखो” हिन्दी उखानलाई कार्यालयमा भन्दै आफुलाई केही नहुने ठोकुवा गर्दै हिडेका छन् । कार्यालयका एक कर्मचारीका अनुसार अधिकृत महतोले नेपालको जुनसुकै नियमनकारी निकायलाई प्रभावित गर्न हैसियत म मा भएकोले आफुलाई केही नहुने ठोकुवा गर्ने गरेको बताए ।

वर्षौ देखि यातायात कार्यालय वीरगंजमा अडा जमाएर बस्दै आएका अधिकृत महतोले सनाखत नामसारी गरेर करोडौं करोड कमाएको स्रोतको कथन रहेको छ । उनले भ्रष्टाचार गरी कमाएका करोडौं रकम सर्लाही जिल्लाको लालबन्दीका केही हार्डवेयर पसलका साहुहरुलाई व्याजमा समेत दिएको र सो साहुहरु सँग अधिकृत महतोले आफ्ना आफ्न्तहरुको नाममा दोब्बर रकमको चेक लिएको ती स्रोतको कथन रहेको छ । बिगतमा ब्लुबुकमा मात्र गरेको सनाखत नामसारी ढाडामा नरहेकोले अचेल दैनिक ५/६ जना त्यस्ता खाले सेवाग्रहीहरु कार्यालयमा पुनः नामसारीका लागि आउँदा अधिकृत महतोले मेरो सही हुँदै होईन भनेर फर्काएर थप पिडा दिने गरेको भुक्तभोगीहरु बताउंदछन् ।

सनाखत नामसारी वापत घुसको रकम लिएर ब्लुबुकमा मात्र सही गरी फर्काएका अधिकृत महतोको सही हो कि होईन ? नियमनकारी निकायले छानबिन गरेमा स्वतः महतोको नै सही रहेको प्रमाणित हुने सेवाग्रहीहरु बताउंदछन् । तर नियमनकारी निकायले महतो माथि सुरु गरेको कारवाही प्रक्रियामा ढिलासुस्ती हुदै आएकोले हामी सेवाग्रहीहरु थप मारमा परेको बुधबार यातायात कार्यालय वीरगंजमा आएका चितवनका एक सेवाग्रहीले यस अनलाईनलाई बताए ।

हजारौ सनाखत नामसारी गरेर करोडौं करोड कमाएका अधिकृत महतोले मिति २०८२/२/७ गतेका दिन ना ४५ प ७३९१ नम्बरको मोटरसाईकल कविलास–१ चितवन जिल्ला निवासी विक्रम प्रजाको नामबाट आरुघाट–७ गोरखा जिल्ला निवासी दिपक अधिकारीको नाममा सनाखत नामसारी गरेको पाईएको छ । जुन ढाडामा उल्लेख नरहेको एक कर्मचारीले बताए । सवारीधनी, खरिदकर्ता र सवारी कार्यालयमा उपस्थित नभएको अवस्थामा रकमको बलमा सेवाग्रहीहरुलाई धोखा दिई ब्लुबुकमा मात्र सही गरी अधिकृत महतोले दुनो सोझ्याएका छन् । जुन कानुन बिपरितका कार्यहरु हुन् ।

भ्रष्टाचार गर्नमा सिपालु मानिएका अधिकृत महतोले गरेका सनाखत नामसारीहरुको थप दर्जनौ प्रमाणहरु यस अनलाईन सँग सुरक्षित रहेको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ । सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ ।

नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ ।

सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend