logo
  • शनिबार, भाद्र २० २०८३

सिटिमा शुरु भयो निःशुल्क डायलाइसिस सेवा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

भैरहवा, पुष २२ ।
रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पीटल प्रालिले मृर्गौला रोगीहरुका लागि निःशुल्क डायलाइसिस सेवा दिने भएको छ । उक्त डायलाइसिस सेवा मृगौला रोग बिषेषज्ञ डा. सुवोध कुमार पाण्डेयको प्रत्यक्ष निगरानीमा गरिने छ ।

डा. पाण्डेय विगत १२ वर्ष देखी यस मृगौला तथा डायलाइसिस क्षेत्रमा कार्यरत हुनु हुन्छ । निःशुल्क मृगौला डायलाइसिसका लागी स्वास्थ्य मन्त्रालयबाट सुचिकृत भएको यो हस्पीतलले बुटवलमा मृगौला उपचार केन्द्र संचालन गर्दै आएको छ । बिगत दुई बर्षदेखी सञ्चालीत उक्त केन्द्रमा अव एकहप्ता भित्रै निःशुल्क डाईलसिस सेवा दिईने हस्पीटलका प्रबन्ध निर्देसक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

निःशुल्क मृगौला डायलाइसिसका लागि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिभागबाट यो हस्पीटलले स्विकृत पाईसकेको छ । हाल बुटवलमा रहेको मृगौला उपचार केन्द्रमा डायलाइसिसका लााग ४ बटा मेसिन छन् । निःशुल्क डाईलसिस सेवा सुरु गर्न लागे सगैं थप ४ बटा मेसिन ल्याउने तयारी भएको उहाँले बताउनु भयो ।

बुटवलमा दुई वर्ष अगाडी पहिलोपटक सञ्चालित उक्त केन्द्रमा मृगौला रोग बिषेषज्ञ डा. पाण्डेयको प्रत्यक्ष निगरानीमा मृगौला रोग विषेशज्ञ सेवा तथा डायलाइसिस सेवा सञ्चालन भइरहेको छ । बुटवलमा मृगौला उपचार केन्द्र स्थापनासगै बिरामीहरुलाई बाहिर जानु पर्ने बाध्यता टरेको तथा डायलाइसिस सेवा अत्यन्त संवेदनशिल सेवा रहेको हुदाँ आफ्नो निगरानीमा मात्रै सेवा सञ्चालन गर्दैै आएको मृगौला रोग विषेशज्ञ पायडेले उल्लेख गर्नु भयो ।

यस केन्द्रलाई मृगौला उपचार अस्पतालको रुपमा बिकास गर्ने आफुहरुको योजना रहेको डा. पाण्डेयले जानकारी दिनुभयो । हाल उक्त केन्द्रमा रुपन्देही, कपीलबस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युाठान, दाङ्ग, रोल्पा लगायतका जिल्लाबाट बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

यस केन्द्रमा मृगौला सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श विशेष किसिमका मृगौला सम्बन्धी रगत जाँच सेवा प्रदान गरीन्छ । केन्द्रले बेला बेलामा समाजिक कार्य अन्तर्गत पाल्पाको देविनगर, राम्दी, सुनवल, कपिलवस्तु ४ नंं, मणिग्राम ४ नं., अमवा, भैरहवा, लगायका ठाउँमा निःशुल्क मृगौला सम्बन्धी रगत जाँच तथा मृगौला विषेशज्ञ द्धारा जाँच तथा परामर्श सेवा प्रदान गरेको यस केन्द्रका फिजिसियन डा. अमित चतु्र्वेदी जानकारी दिनुभयो ।

मुटु अस्पतालमा पनि निशुल्क सेवा

यस्तै बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पनि निशुल्क डायलाईसिसका विरामीहरुको नियमित रुटिन परिक्ष्ाँण पनि निशुल्क गर्ने भएको छ । अस्पताल सञ्चालक समितीको बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले निशुल्क मृगौला डायलाईसिसको लागि अनुमती दिएसंगैे मासिक र हरेक तिन महिनामा गर्नुपर्ने रुटिन परिक्षँण पनि निशुल्क गर्ने अस्पतालले जनाएको हो ।

डायलाईसिसका विरामीहरुले हरेक महिना रुटिन परिक्षण र तिन महिनामा एच बि एस एजी, एच सिभी र एचआईभि परिक्ष्ाँण गर्नुपर्ने हुन्छ । बिरामीहरुको नियमित अबस्था थाहा पाउन सिबिसी, आरएफटी, प्लेटलेट, क्याल्सियम, फस्फोरस्, युरिक एसिड, लिपीड प्रोफाईल, टोटल प्रोटिन, एल्बुमिन, ब्लड सुगर लगायतको परिक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ ।

सरकारले मृगौला डायलाईसिस निशुल्क गरेपनि आर्थिक अभावको कारण अन्य परिक्षण गर्न नसक्ने विरामीहरुलाई यो निर्णयले ठूलो राहत मिल्ने अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले रुटिन परिक्षणको लागि प्रति विरामी वार्षिक करिब ४० हजार रकम लाग्ने जानकारी दिनुभयो ।

उहांले हाल रहेको क्षमता अनुसार करिब ५० लाख रुपैया डायलाईसिसको लागि अस्पतालको थप योगदान रहने बताउनुभयो । सरकारले यसअघि निशुल्क डायलाईसिसको अनुमती दिएका सरकारी अस्पतालहरुले समेत रुटिन परिक्षण निशुल्क नगरेको र गौतमबुद्ध सामुदायिक अस्पताल नै निशुल्क घोषणा गर्ने पहिलो रहेको अस्पतालले दावी गरेको छ ।

यो अस्पताल नाफा कमाउने नभई गैरनाफामुखी रुपमा संचालनमा रहेकोले सम्भव भएसम्मका सेवाहरु निशुल्क तथा अत्यन्त न्यून शुल्कमा उपलब्ध गराउने अस्पतालले जनाएको छ । यसैविच अस्पतालले बुधवार चुमकला सापकोटाको मृगौला डायलाईसिस गरी निशुल्क सेवाको शुरुवात गरेको छ ।

स्वास्थ्य मन्त्रालयले निशुल्क डायलाईसिसको लागि सम्झौता गरिसकेको र जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लिई आएका विरामीहरुलाई सेवा शुरु गरिएको अस्पतालले जनाएको छ । हाल ६ वटा डायलाईजर मेशिनबाट दैनिक २० जनाको डायलाईसिस गर्न सक्ने क्षमता रहेकोमा पुष महिनाभित्रै ११ वटा मेशिन थप गरी दैनिक ५० जना सम्मलाई सेवा दिन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend