logo
  • शनिबार, भाद्र २० २०८३

भारतमा चार नेपालीले ज्यान गुमाए


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौँ, पुष २१ ।
भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटना स्थलबाट कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ का नरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजब बहादुर विष्ट र बैतडीका राम बहादुर बम रहेका छन् । ३ जनाको शव ढिस्कोबाट निकालिएको छ । विष्टले भन्नुभयो – “थप १ जनाको शव डोजरको सहायताले निकालिँदैछ ।

६ जनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको बताइएको छ । भारत सरकारले उक्त बाटो खन्ने कामलाई ठेकेदार कम्पनी मार्फत सडक खनाइरहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend