साझा नेटवर्क
कतार, पुष २० ।
नेपाली जनसम्पर्क समिति कतारको मातहातमा रहेको सनैया इकाईले ३० डिसेम्बर शुक्रबार बेलुकी अंग्रेजी नया बर्ष २०१७ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । इकाईका सभापति राजेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा ब्यानर अनावरण राष्ट्रिय गान संगै एक मिनट मौन धारण गरिएको थियो । कार्यक्रममा जनसम्पर्क समितिका कावा सभापति सुनिल मण्डल कांग्रेस १३ औ महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिंह, धिरज चामलिंग राई र मोहम्मद अजिज अलि बिशेष अतिथि रहेका थिए त्यसै गरि अन्य बिशेष अतिथिमा सल्लाहकार मो. साकिर अलि निवर्तमान उपसभापति नुरहसन मिकरानी रहेका थिए । जनसम्पर्क समिति केन्द्रीय समितिका सदस्यहरु इकाई प्रमुखहरु अतिथि रहेका थिए ।
कार्यक्रममा नया बर्षको शुभकामना दिदै प्रमुख अतिथिले ईकाईहरुको भूमिका महत्वपूर्ण रहेको र सनैया इकाइले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रमले ईकाई र केन्द्रीय कार्यसमिति बीचको सामिप्यता बढाउने जिकिर गरे । बिशेष अतिथिहरु मध्ये कावा सभापति सुनिल मण्डलले सनैया इकाईलाइ धन्यबाद दिदै सबै इकाईले यसरीनै बिशेष अवसरहरुमा कार्यक्रमहरु गर्दा संगठनलाइ मजबुद बनाउन मद्दत गर्ने बताए ।
क्रान्ति सिंहले आफ्ना मन्तव्यका क्रममा प्रशिक्षण शैलिमा कांग्रेस र कांग्रेसका सिद्दान्त र झण्डाको सांकेतिक अर्थका बारेमा आफ्ना भानाइ हरु राखेका थिए । धिरज चामलिंग राइले संगठन मजबुद बनाउन सबै संग सुमधुर सम्बन्ध आवस्यक रहन्छ भन्दै सबै समेटेर संगठनलाइ मजबुद बनाउनु पर्छ यहि उदाहरण सनैया इकाइको कार्यक्रमले दिएको बताए ।
अजिज अलिले सनैया इकाइले आयोजना गरेको कार्यक्रमको प्रशंशा गर्दै आगामी दिनहरुमा पनि सबै इकाइले यस्ता खाले कार्यक्रम गर्नु पर्ने जीकर गर्दै केन्द्रीय कार्यसमितिका गतिविधिबारे जानकारी गराएका थिए । अन्य बक्ताहरु मो साकिर अलि, नुरहसन मिकरानी, चिरिन्जिवि तिमिल्सिना, घनस्याम न्यौपाने, उमेर आलम, चन्द्रकान्त शर्मा, कमल अर्याल, अफजल खान ले नयाबर्षको शुभकामना संगै सान्दर्भिक भनाइहरु राखेका थिए ।
कार्यक्रम सनैया इकाईका सहसचिव बलराम पाण्डेले संचालन गरेका थिए भने स्वागत मन्तब्य कृष्ण सापकोटाले राखेका थिए कार्यक्रम सफल गराउन उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रमका सभापतिले समापन भएको घोषणा गरेका थिए अन्तमा रात्रि भोजको आयोजना गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend