logo
  • शनिबार, भाद्र २० २०८३

आइबोस ग्लोबल कतारको साँगीतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी/रुद्र शर्मा, कतार ।
अाइबोस ग्लोबल कतारले अग्रेजी नयाँ बर्षको अबसर पारेर आयोजना गरेको “न्यु ईयर वेलकम नाईट २०१७” कार्यक्रम ३० डिसेम्बर २०१६का दिन सभ्य एवम भब्य रुपमा सम्पन्न भएको छ ।
कतारको सनैया ग्राण्डमलको हलमा सम्पन्न गरिएको कार्यक्रममा आइबोस ग्लोबल कतार प्रमुख नेत्र न्यौपाने सभापति तथा आइबोस ग्लोबल प्रमुख होब खड्का प्रमुख अतिथि रहेका थिए । तेस्तै समाजसेवी व्यवसायीहरु तथा कार्यक्रम सफल बनाउन आर्थिक र प्राबिधिक सहयोग गर्ने विभिन्न व्यक्तीत्वहरु अतिथि रहेका थिए । नेपालबाट आएका राष्ट्रिय कलाकारहरुलाई समेत अतिथिको आसन ग्रहण राउदै कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रमको सुरुवात नेपाली कलाकेन्द्र कतारले राष्ट्रिय गान प्रस्तुति गरि सुरु गरिएको थियो । कार्यक्रममा नेपालबाट मनोरञ्जन प्रदान गर्न आएका गायक गायिका तथा नृत्यङ्गना कलाकारहरुको क्रमस आ-आफ्नो बिधाका प्रस्तुती प्रस्तुत गरेका थिए । क्रमश: गायक रुपकुमार राइ, गायक पशुपति शर्मा, स्मृति तिमिल्सिना, शंकर बि सि, मोडल तथा नृत्याङ्गना रस्मी तमाङ, गायिका तथा मोडल कोपिला गुरुङ, गायिका सहिमा श्रेष्ठ, जितु नेपाल,प्रमोद खरेल ज्योति मगरले उपस्थित दर्सक श्रोतालाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

नेपाली सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको जादुमय गीत प्रस्तुतिबाट दर्सकदिर्घ मन्त्रमुग्ध र भाबुक भएका थिए । मञ्चमा उपस्थित दर्शक श्रोताले वन्स मोर भनेर हुटिङ्ग गरेपछी गायक खरेलले दर्शक श्रोतालाई पुनः मनोरन्जनात्मक गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई थप उल्लासमय बनाएका थिए । हास्य कलाकार जितु नेपालले दर्सक स्रोताहरुलाइ हसाए । लोक गायक पशुपती शर्माले आफ्नो गित प्रस्तुत गरि लोकगित पारखी दर्सक श्रोताको मन जितेका थिए ।

कार्यक्रमको बिचमा इस्थानिय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । कार्यक्रम नायिका तथा कार्यक्रम सन्चालिका सुर्जनी के.सि.ले संचालन गरेकी थिईन । स्थानीय समय अनुसार साझको ६ बजेबाट सुरु गरिएको कार्यक्रम रातको ११ बजेसम्म संचालन भएको थियो ।

करिब सात हजार दर्सक श्रोताहरुको उपस्थित रहेको कार्यक्रममा मुख्य आकर्षण तथा युवामाझ लोकप्रिय रहेकि हट गायिकाको परिचय बनाउन सफल मोडल तथा गायिका ज्योति मगरले उहि मुलाको सिन्की उहि मुलाको चाना गाउदै स्टेजमा नृत्य प्रस्तुत गर्दा दर्सकहरुले हौसिदै हुटिङ्ग गरेका थिए ।

ए.बी. गुरुङको व्यवस्थापन तथा गोपाल न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा साझा नेटवर्क डटकम, मुग्लानी खबर डटकम, लाइट नेपाल डटकम, सिधा दृस्टी डटकम र सेल्फी टि.भी मिडिया पार्टनर रहेका थिए । आईबोस ग्लोबल कतारले आयोजना गरेको यो दोश्रो बृहत सास्कृतिक कार्यक्रम हो ।

हेरौ कार्यक्रमका केही झलकहरु। 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend