logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी वडागाउँका अग्नी पीडितलाई झण्डै ६ लाख प्रदान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल,  गुल्मी जेठ १८।
मुसिकोट वडागाउँ सम्पर्क समाज काठमाण्डौले वडागाउँका अग्नी पीडितहरुलाई नगद सहयोग गरेको छ । समाजका बिष्णु सिह ठकुरी, श्याम जिसी तथा दिलिप कार्कीको सक्रियतामा संकलन गरेको २ लाख ८७ हजार २ सय ८७ रुपैयाँ वडागाउँ अग्नी पीडित राहत संकलन तथा वितरण समितिलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै हङकङ ठकुरी समाजले पनि नगद सहयोग गरेको छ । बिष्णु सिह ठकुरी, इश्वरी सिह लगायतको पहलमा संकलन भएको १ लाख २२ हजार १ सय ११ र पोर्चुगलबाट संकलन गरिएको २ लाख ३५ हजार प्रदान गरिएको नेपाली कांग्रेसका जिल्ला सदस्य थम्मन केशीले जानकारी दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका पुर्व सभापती चन्द्रले पनि ४५ दर्जन कापी र ५ हजार नगद तथा दिगामका मिलन न्यौपानेले ९० वटा कलम अग्नी पीडित बिद्यार्थीलाई प्रदान गर्नुभएको छ ।सहयोग र नगद रकम वडागाउँ अग्नी पीडित राहत संकलन तथा वितरण समितिका सदस्य हरि छन्तेल र यम बहादुर केशीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम पुर्व पार्टी सभापती तथा कांग्रेस नेता चन्द्र केशीले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस नेता थम्मन केशी, अमृता कुवंर, पुर्ण केशी तथा चिना केशीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend