logo
  • शनिबार, भाद्र २० २०८३

पाल्पाका ६० गा.वि.स.का विद्यालयमा अक्षकोष स्थापना


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सुवास विश्वकर्मा, पाल्पा पुष १५ ।
पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६० गा.वि.सका विद्यालयमा अक्षकोष स्थापनाको अभियानलाई तीब्रता दिएको छ । समाजले एक गा.वि.स एक विद्यालय छनोट गरी जिल्लाका ६० विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीको लागि अक्षयकोष स्थापना अभियान अगाडि बढाएको हो । पहिलो चरणमा २० विद्यालय, दोस्रोमा २० र तेस्रोमा २० गरि अक्षकोष स्थापनाको कार्यक्रम संचलन गरिएको युएई समाजले जनाएको छ ।
समाजले बार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रमलाई तीब्रता दिएको बताएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत १५ विद्यालयमा अक्षकोष स्थापनाको काम सम्पन्न भएको पाल्पाली समाज युएइका पदेन सदस्य तथा पाल्पाली समाज युएईका क्षेत्रीय समिति अध्यक्ष इन्द्रबहादुर घर्तिले जानकारी दिनुभयो । यसैबीच जनप्रकास निम्न माध्यमिक विद्यालय जल्पा–३ साठ्ठिकोलमा अक्षकोष स्थापनाको कार्यक्रम सकिएको छ ।
पाल्पाली युएई समाजका पदेन सदस्य इन्द्र बहादुर घर्ति र दुर्गा बहादुर बारघरे गाउँमै पुगेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अक्षकोष स्थापनाको लागि २५ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै घर्तिले समाजको नयाँ कार्यनीति अनुसार एक बर्ष मा ३६४ दिन आफ्नो लागि र १ दिन समाजको लागि भन्ने एक दिने अभियान संचालनगरी विद्यालयमा अक्षकोष स्थापनाको कार्यक्रम अगाडि बढाइएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस गाउँ कमिटि सभापति अनिरुद्र खनालले पाल्पाली समाज युएईले संचालन गरेको एक गाविस एक विद्यालय अक्षकोष स्थापना कार्यक्रम सह्रानीय रहेको भन्दै अक्षकोषको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर ठाडाको अध्यक्षतामा भएको कार्यक्रम को संचालन प्रधानाध्यापक दामोदर न्यौपानेले गर्नुृ भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend