logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा किर्ते नागरिकता लिने पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ १८।
गुल्मीमा नक्कली वावु छोरा बनेर नागरिकता बनाउने वावु छोरा पक्राउ परेका छन् । शान्तिपुर–५ का नरबहादुर थापा क्षेत्री र निजका छोरा काजीबहादुर थापा पक्राउ परेका हुन् ।

निजले २०६० चैत्र १५ गते नरबहादुरको छोरा काजीबहादुर बनाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाएका थिए । उनिहरुले पुनः दोश्रो पटक २०७३ साल बैशाख १३ गते वावुको नाम परिवर्तन गरी उत्तमबहादुर थापा र आफ्नो नाम लोकबहादुर बनाई नागरिकता लिएको प्रमाणका आधामा दुवै वावु छोरालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतम राखिएको प्रमुख जिल्ला अधिकारी अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।

उनका अनुसार उनिहरु विवरुद्ध नागरिकता ऐन अन्तरगत अदालतमा मुद्धा दायर गरिदै छ । उनिहरुबाट नयाँ र पुराना दुवै नागरिकता बरामद गरी कार्वाही प्रकृया अगाडी बढाईएको प्रजिअ कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend