साझा नेटवर्क
गोपाल सिवा, कुवेत पुस ९ ।
कुबेतमा कार्यरत किराँत समुदायले उधौली पर्व धुमधामका साथ मनाएका छन । किराँत राई जातिले कुवेतको जिलिब स्थित रिदम हलमा भेला भएर उधौली पर्व मनाएका हूँन । पर्वमा किराँत राई समुदायका महिला तथा पुरुष आ-आफ्नो भेषभुषामा सजिएका थिए ।
हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । किराँत समुदायले अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ ।
किरात राई यायोक्खा कुवेतका प्रथम उपाध्यक्ष नैनकला राईको सभापतीत्वमा संपन्न भएको यस कार्यक्रमको प्रमुख अतिथिती रास्ट्रीय समन्वय परिषद (NCC) कुवेतका उपाध्यक्ष रबि बन्जाडे र बिशेष अतिथीतीहरुमा नेपाली दुतावासका दितिय सचिब भोगेन्द्र लिङदेन र बरिष्ट समाजसेवी किरण पौडेल रहेका थिए । संस्थाका दितिय उपाध्यक्ष कोशराज राई र सचिव सुधीर राईले सञ्चालन गरेको यस कार्यक्रममा स्वागत मन्तब्य राख्दै संस्थाका सल्हाकार मन्जित राईले परम्परागतदेखि चल्दै आएको मौलिकसहितको संस्कृति जगेर्ना गर्नुपर्ने बताए ।
त्यस्तै गरी किराँत राई यायोक्खाद्वारा आयोजित साकेला उद्यौली कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रबि बन्जाडेले सदियौँदेखि मान्दै आएको पर्वलाई जगेर्ना गरिनु आवश्यक भएको बताए । ‘छरिएर रहेका मानिस एक ठाउँमा भेला भएर मनाउने यस पर्वको विशेष महत्व छ,’ उनले भने ।त्यस्तै गरी बरिष्ट समाजसेवी किरण पौडेलले उपस्थित आगन्तुकहरूलाई उधौली पर्वको उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका थिए ।
विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दीजिबी पत्रकार, कलाकार, खेलाडी, कुबेतबासी नेपालीहरुको बाक्लो उपस्थित रहेको कार्यक्रममा साकेला नृत्य र गायन समेत भएको थियो ।आगंतुक समेत झूमि झूमि नाचेको यस कार्य्रकममा प्रथम उपाध्यक्ष नैनकला राईले उधौली पर्वको बारेमा जानकारी दिएकी थिइन। नेपालमा आदिवासी किरात समुदायले खुसियाली स्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले ठूलो सांस्कृतिक महत्व राख्ने नैनकला राईले बताइन ।
उधौली पर्वलाई मानिस जनावर तथा चराचुरुङ्गी जाडोबाट बच्न लेकबाट बेँसीतिर झर्ने समय भएको सङ्केतका रुपमा लिनुका साथै आँगनमा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने पर्वको सङ्केतका रुपमा लिने भएकाले ऐतिहासिक एवम् सांस्कृतिक मान्यता रहेको बताउँदै मङ्सिर पूर्णिमाको दिनदेखि सुरु हुने उधौली पर्व किरात समुदायले १५ दिनसम्म मनाउँने जानकारी दिर्नुभएको थियो ।
कार्य्रक्रमको समापन गर्ने क्रममा किरात समुदाय लगायत सम्पूर्ण नेपालीलाई एकताबद्ध भई हर्षोल्लासपूर्वक उधौली पर्व मनाउन राईले आग्रह गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend