साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा ।
नेपाली प्रवासी मंचको संयोजकत्वमा कतारको हमाद हस्पिटल ब्लड डोनेसन युनिटसंगै सहकार्य गर्दै रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । आफ्नो रोगसंग अस्पतालको सैयामा रहेका बिरामीहरुको सेवाको लागी गरिएको मंचको सक्रियतामा मानवीय कार्य गरिएको हो । एक सय भन्दा बढीको सहभागिता रहेको मानबिय कार्यमा ४७ जना रक्त दाताहरुले रक्त दान गरेका थिए ।

रक्तदान आफैमा एउटा पुण्यको काम हो । प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय छैन । पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य हो । आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा हो । जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी भएको यो मानवीय कार्यमा कतारमा रहेका नेपाली दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु बुद्दिजीवी समाजसेवी पत्रकारहरुको उपस्तिथी रहेको थियो ।
२३ डिसेम्बर २०१६ को शुक्रबारको दिनमा भएको रक्तदान कार्यक्रममा निकै उत्साह जनक उपस्थिति देखिएको थियो । त्यो उत्साह र सहयोगी मन अनि दाताहरुलाई आफुहरुले गरेको सहकार्यमा रहेका सारथी सम्पूर्ण संघसस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरु समाजसेवी र सेवाको भावनाले रक्तदान गरेका सम्पूर्ण दाताहरुलाई नेपाली प्रवासी मंच कतारको तर्फ देखि अध्यक्ष तथा यस कार्यक्रमका संयोजक रामहरी गैरेले धन्यबाद दिदै हार्दिक आभार प्रकट गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend