साझा नेटवर्क
प्रेम सुनार, गुल्मी पुष ७ ।
हिजो गुल्मी आई पुगेका गृहमन्त्रीलाई नेपाली कांग्रेसका महिलाहरुले ठुलो स्वागत सत्कार मात्रै गरे , ५ नम्वर प्रदेशको सम्वन्धमा विरोध जनाएनन् भन्ने कुरा ओझेलमा पारिएको विषयलाई उनिहरुले आपत्ती जनाएका छन् ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी लगायतका कांग्रेसका केन्द्र स्तरका नेताहरुले भाषणका क्रममा यस प्रदेशबाट तराईका जिल्ला छुट्याईने अभिव्यक्ति दिए लगत्तै उनिहरु हिड्ने बेलामा चर्को चर्को स्वरमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी धना भण्डारी , निर्मला केसी , लक्ष्मी पाण्डे , सिता पाण्डे लगायतका महिलाहरुले विरोध जनाएका थिए ।
कुनै पनि हालतमा हामीले ५ नम्वर प्रदेशबाट तराईका जिल्ला टुक्राउन दिदैनौ तपाईहरु नेता मन्त्रीहरुले जे भन्नु होस् भन्नु होस् हामी पार्टी भन्दा माथी उठेर यो निर्णयमा पुगेका हौं , वरु पार्टी छाड्न तयार छौं जस्ता शव्दमा नेताहरुलाई ति सवै महिलाहरुले चेतावानी दिएका थिए ।
त्यस्तो चेतावानी त्यति ठाडो स्वरमा त्यहाँ सहभागी पुरुषहरुले समेत दिएका थिएनन् । कांग्रेस नेताहरु र मन्त्रीहरु हिडि सके पछि तम्घासमा आई विरोध ¥याली र सभाको अग्रपक्तीमा समेत उनै धना भण्डारी , लक्ष्मी पाण्डे निर्मला केसी लगायतका कांग्रेस नेतृहरु देखिएका थिए ।
शोकाकुल परिवारलाई समावेदना दिन आएको भएर मात्र कालो झण्डा देखाउन असमर्थ भएका हौं, यदि त्यस नभएको भए र यहाँको कांग्रेस नेतृत्वले उनिहरुलाई स्वागत गर्ने कार्यक्रम वहिस्कार गरेको भए आफुहरु गृहमन्त्री लगायतमा नेताहरुलाई कालो झण्डा देखाउन तयार रहेको नेतृ धना भण्डारीले बताईन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend