साझा नेटवर्क
कृष्ण बिसी, पुस ५ ।
मलेसियाको केलाङ सहरमा देश परदेश म्युजिक कम्पनीको आयोजनामा सांगितिक कार्यक्रम हुने भएको छ । चिनिया नयाँ बर्ष तथा बौद्ध धर्मावलम्बीहरुको महान चाड ल्होसारको अबसर पारेर कम्पनीले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको हो।
जनवरी २९ मा केलाङको ग्लोकोर्स होटलमा कार्यक्रम हुने आयोजक देश परदेश विशेष कार्यक्रमका अध्यक्ष सन्तोस सुनारले जानकारी दिए । लोक तथा दोहरी गायक रामजी खाड, दोहोरी गायिका तथा मोडल निशा पोख्रेल, आधुनिक गायक बिनोद खुम्बु मोडल तथा गायक रास्कोटी मगर, मोडेल अनिता बस्नेत लगायतका कलाकारले कार्यक्रममा दर्शक लाइ भब्य मनोरन्जन दिने भएको आयोजकले जनाएको छ ।
सो कार्यक्रममा गायकहरु मनिपाल राइ, अमर राइ, रमेश बानिया, गौरब नारायण राइ, हास्यकलाकार सुजन न्यौपाने र्याप गायक चन्द्र सुनार सिन्दु लामा मिनिता राइ मिना बस्नेत कुमार तामाङ निम्बुटी शेर्पा प्रनिता तामाङ स्याम क्षेत्री युगल कुवर देबराज तमाङ हरि बिसि बसन्त गौतम भुवन ओलि बिक्रम चाम्लिङ सारा पौडेल बिरेन्द्र चौधरी जय बिक्रान्त साह बिनिता हिना थापा तमाङ रमेश आशु बिरही भिम लुहार लगायत अन्य प्रबासी कलाकारले समेत आफ्नो प्रस्तुती दिने अर्का आयोजक दिपक संघर्षले जानकारी दिए ।
प्रबासमा रहेका अन्तर निहित कला प्रतिभा भएर पनि ओझेलमा पर्नुभएका कलाकारलाई नेपाली संगीतिक मुल धार सम्म ल्याउनका लागि कार्यक्रम आयोजना गरिएको अर्का आयोजक महेन्द्र योगिले बताए ।
पछिल्लो समय सांगितिक गतिबिधिमा सक्रीय कलाकारलाइ प्लेटफर्म दिदै आएको देश परदेश म्युजिक कम्पनीले नयाँ सर्जक र कलाकारलाइ प्रबर्धन गर्दै आएको र कला प्रतिभा जो ओझेलमा छ्न । कला प्रतिभा भएर पनि बाध्यात्मक स्थितिबाट त्यो पहुँच नभेटेका कलाकारलाई विशेष प्राथमिकता दिइने छ । केलाङ र आस पासका दर्शकलाई देश परदेश म्युजिक कम्पनीले मनोरंजन दिलाउन लागेको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend