logo
  • शनिबार, साउन ३० २०८३

एमाले बागलुङको अधिवेशनका लागि प्रतिनिधि छनोट


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

विमल खड्का, बाग्लुङ पुस ५ ।
एमाले बागलुङको अधिवेशनका लागि जिल्लाभरबाट प्रतिनिधि छनोट गरिसकिएको छ । राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधान कार्यन्वयनको लागि एमालेको अभियान’ भन्ने नाराका साथ पुस ९ देखि ११ गतेसम्म हुने अधिवेशनका लागि जिल्लाको पश्चिम बुर्तिबाङ क्षेत्रका विभिन्न गाउँ विकास समितिबाट पनि प्रतिनिधिहरु चयन भएका छन् ।

जस अनुसार , बोंगादोभान गाउँ विकास समितिबाट खुल्ला तर्फ १ जना, जनजाति तर्फबाट १ जना र दलित तर्फबाट १ जना प्रतिनिधि चयन भएका छन् । तमानबाट महिला १ जना र दलित १ जना रहेका छन भने खुँखानी गाउँ विकास समितिबाट जनजाति तर्फबाट मात्र १ जना प्रतिनिधि चयन भएका छन् । यस्तै अधिकारीचौर गाउँ विकास समितिबाट अन्यमा २ जना महिला तर्फ ४ जना, जनजाति तर्फबाट ५ जना र दलित तर्फबाट १ जना प्रतिनिधि चयन भएका छन् ।

बोबाङबाट अन्यमा १ जना, महिलामा १ जना जनजातिमा २ जना र दलित तर्फ १ जना प्रतिनिधि चयन भएका छन् । यस्तै निसीबाट खुल्ला तर्फ २ जना, महिलाबाट २ जना, जनजातिबाट २ जना र दलितबाट पनि २ जना नै प्रतिनिधि चयन भएका छन् । उता बोहारागउँबाट भने अन्य तर्फ ४ जना, महिला तर्फ ३ जना जनजातिबाट १ जना र दलितबाट १ जना चयन भएकाछन् ।

बुर्तिबाबाट अन्यमा १ जना, महिला तर्फ १ जना, जनजाति तर्फ १ जना दलित तर्फ १ जना तथा अल्पसंख्यक तर्फ ७ जना प्रतिनिधि छनौट भएका छन् । यस्तै देविस्थान गाउँ विकास समितिबाट अन्यबाट मात्र १ जना प्रतिनिधि चयन भएका छन, राजकुतबाट अल्पसंख्यक तर्फ २ जना प्रतिनिधि चयन भएका छन् । दर्लिङबाट अन्यमा १ जना, महिलामा १ जना तथा जनजाति तर्फबाट १ जना प्रतिनिधि चयन भएका छन् ।

भिमगीठेबाट अन्यमा १ जना महिलामा २ जना जनजातिमा २ जना प्रतिनिधि चयन भएका छन भने, ग्वालीचौर अन्य तर्फ ६ जना, महिला तर्फ ३ जना, जनजाति तर्फ ३ जना र अल्पसंख्यक तर्फ १ जना चयन भएका छन् । जिल्लाका अधिकाशं स्थानमा सर्वसम्मत रुपमा जिल्ला प्रतिनिधि चयन गरिसकिएको र केहीमा सर्वसम्मतको प्रयास जारी रहेको नेकपा एमाले बागलुङका संगठन बिभाग प्रमुख बिष्णु भुषालले जानकारी दिनुभयो ।

बागलुङ बजारमा भव्य रुपमा शुरु हुने अधिवेशनको नेकपा एमालेका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend