साझा नेटवर्क
कतार, पुष ३ ।
सम्पुर्ण ईलामेलिहरुको साझा संस्था ईलामसेवा समाज दोहा कतारले आगामि जनवरि १३ तारिखको दिन आफ्नो बार्षिकोत्सवको अवसर पारेर रमाईलो बनभोज जाने निर्णय गरेको छ । उक्त बनभोज समारोहमा दोहा स्थित विभिन्न कम्पनिहरुमा कार्यरत सम्पुर्ण ईलामेलिहरुलाई उपस्थित हुन आग्रह गर्दै गैह्र ईलामेलि, सामाजिक अगुवाहरु, समाजसेवि, तथा विभिन्न संघ संस्थाका पदाधिकारिहरुलाई उपस्थितिको लागि पत्राचार गरिसकेको समाचार प्राप्त भएको छ ।
“जेहेन्दार बिद्यार्थी छात्रवृत्ति, समुन्नत ईलाम, पर्याटन पर्वर्धन हाम्रो चाहना, ईलामेलिकहरुको एकता, बनभोज तथा बार्षीक उत्सवको शुभकामना” भन्ने मुल नाराको साथ बनभोजको तयारिमा जुटेका ईलामेलिहरुले आगामि दिनहरुमा ईलाम जिल्लाको गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्ने निर्णय गरिसकेको छ । पछिल्लो समयमा दर्ता गरिएको यो संस्था बिभिन्न मानबिय तथा सामाजिक कामहरुमा निकै स-सक्त भुमिकामा रहेको छ ।
आफ्नो नारामा उल्लेख गरे अनुसार हरेक कार्यक्रमहरुमा ईलामको पर्याटकिय स्थल तथा ईलामको सम्पदा र बिशेषताहरुको प्रचार प्रसार गर्दै ईलामको आकर्सण तथा प्रबर्धनमा विशेष जोड दिएको पाईन्छ । पर्यटकीय सम्भावना बोकेको ईलामका युवाहरुले आगामी दिनमा युवा स्वरोजगार अभियान संचालन गर्ने र यसै क्षेत्रमा आफ्नो भविस्य निर्माण गर्न सकिने भन्दै दोहाका युवाहरु कम्मर कसेर लागि परेको छ ।
यदि त्यसो गर्न सकियो भने ईलामेलि भावि पुस्ताहरुले यो मरुभुमिको पिडादायि जीवन भोग्न नपर्ने युवाहरुको आसा छ । यस अभियानमा सम्पुर्ण ईलामबसिहरुको उपस्थिति जरुरि रहेको भन्दै हातमा हात र साथमा साथ जोडेर अघि बढौं भन्दै ईलामेलि दाजुभाई तथा दिदी बैनिहरुमा ईलाम सेवा समाज अनुरोध गरेको छ ।
ईलामेलि युवाहरुको यस प्रसंसनिय काममा सम्पुर्ण ईलामबसि दाजुभाई तथा दिदीबहिनीहरु एकजुट हुन आग्रह गर्दै आगामि जनवरि १३ तारिखको दिन ईलाम सेवा समाजको उक्त बनभोज कार्यक्रम भब्य सभ्य र धुमधामका साथ सफल बनाउन कतारबासि नेपालीहरुलाई उपस्थितिको लागि यसै समाचार मर्फत सुचित समेत गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend