logo
  • शनिबार, भाद्र २० २०८३

नयाँ शक्ति युवा भारतको केन्द्रिय संयोजकमा माइकल क्षेत्री नियुक्त, को हुन क्षेत्री?


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

15497537_1286764074728930_2080163971_nनयाँ दिल्ली भारत ।
अन्तराष्ट्रिय नेपाली समाज भारत केन्द्रीय सचिबालय सदस्य माइकल क्षेत्री सर्वसम्मत रुपमा चयन भएका छन । २०६० साल देखि माओबादी आन्दोलनको पुर्णकालिन सदस्य भएका माइकल भुमिगत काल देखि नै अखिल क्रान्तिकारी बझाङ का जिम्मेवार तहमा काम गर्दै आएका र माओबादी पार्टी शान्ती प्रक्रियामा आएपछी आफ्नो अध्यन पुनः सन्चालन गर्दै अखिल क्रान्तिकारी बझाङ जिल्ला उपाध्यक्ष र तत्कालीन पार्टी ए ने क पा माओबादी बझाङ जिल्ला सचिबालय DCM सम्मको जिम्मेबारी सम्हालेका उनी, बझाङमा राजनीति गर्दै गर्दा आर्थिक समस्या उत्पन्न भएपछी प्रवास भारत प्रवेश गरेका थिए ।

भारत प्रवेश गरे लगत्तै पार्टीको सम्पर्कमा आइ दक्षिण भारतमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका उनी बिप्लब माओबादीको भातृ संगठन प्रबासी नेपाली जन समाज भारत कर्नाटका राज्य सचिब तथा पार्टी जिल्ला कार्यालय सदस्य हुँदै गर्दा बिप्लब कमरेडले अगाडि सारेको एकीकृत क्रान्तिको कार्यदिशा आफैमा स्पष्ट र बैज्ञानिक नभएको र नेपालका केही असन्तुष्ट क्रान्तिकारी स्वभाव भएका युवाहरुको दुरुपयोग गर्दै आफू राजनितीको केन्द्रमा स्थापित हुनलाइ मात्र प्रयोगमा ल्याइएको प्रपोगाण्डा मात्र हो भन्ने मान्यता राख्दै उक्त पार्टीबाट बिद्रोह गर्दै नयाँ शक्तिमा बिना सर्त प्रबेश भएका थिए ।

उनी एक सान्त स्वभाबका एक कुशल युवक भएकै कारण निर्बाध भारत को युबा संयोजक भयको उनका समकक्षी हरु बताउछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend