साझा नेटवर्क
अनिल खत्री, गुल्मी पुष १ ।
प्रहरी र बन्दकर्ताबीच झडप हुदा गुल्मीको सदरमुकाम तम्घास बजार तनावग्रस्त भएको छ । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला र धर्नामा बसेका प्रर्दशनकारीलाई प्रहरीले खुलाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विक, एकजना पत्रकार सहित दुई दर्जन आन्दोलनकारी घाइते भएका संघर्ष समितिले जनाएको छ ।
झडपमा ४ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । फोटो खिच्दै गर्दा चोट लागेर पत्रकार टोपलाल अर्याल पनि घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुई दर्जन अशुलग्यास प्रहार गरेको थियो । झडपका कारण तम्घास तवानग्रस्त बनेको छ ।
आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका छन् । झडपमा परि गम्भिर घाइते भएका नेपाल तरुणदल रेसुङ्गा नगरकमिटीका अध्यक्ष कृष्ण पाण्डेलाई थप उपचारको लागी पाल्पा पठाइएको छ । तम्घासमा उपचार सम्भव नभएपछी उनलाई थप उपचारको लागी पाल्पा प्रवास लगिएको संघर्ष समिति गुल्मीले जनाएको छ । झडपमा प्रहरी र आन्दोलनकारीको टाउको, हात, खुट्टामा चोट लागेको छ ।
अन्य घाइतेहरुको जिल्ला स्थित रेसुङ्गा हस्पीटल, तम्घास अस्पतालमा उपचार भैरहेको बताइएको छ । जिल्ला विकास समितिका बा १ झ ६६८१ नम्बरकोे गाडी र प्रोजेक्टको ६६–१–०–७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो । दमन गरेको भन्दै प्रजिअको सरुवा माग आन्दोलनमा दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, एसपी भोला रावलको सरुवा माग गरेका छन् ।
प्रर्दशनकारीले नाराबाजी सहित प्रहरी र प्रशासनबाट शान्तिपुर्ण आन्दोलनमा दमन गरेको भन्दै प्रजिअ र प्रहरी प्रमुखको सरुवाको माग गरेका हुन । आन्दोलन कारीलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सचिव एबम गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले पाँच नम्बर प्रदेस टुक्राउने गरि संसदमा ल्याइएको प्रस्ताव कुनै पनि हालतमा पारित नहुने बताए ।
सभासद बिष्टले पहाड र तराई बिच नङ्ग र मासुको सम्बन्ध रहीआएकोले यस क्षेत्रका जनताको मनोभावना बिपरित कोहि अगाडी बढन नसक्ने बताए । सभासद बिष्टले जनताको आवाजलाई सानो नठान्न र प्रहरी प्रशासनलाई शान्तिपुर्ण आन्दोलनमा दमन गरि उत्तेजना नफैलाउन आग्रह गर्नु भयो । आन्दोलनकारीलाई पनि निरन्तर शान्पिुर्ण आन्दोलनमा लाग्न नेता बिष्टले आग्रह गर्नुभयो ।
नेता बिष्टले पहाडी जिल्ला र तराई जिल्ला बिच भएको एकता,आत्मियता,रहन सहन र सांस्कृतिक साथै व्यापारीक रुपमा परस्पर सम्बन्ध रहि आएकोले सरकारले गरेको संविधान संशोधन प्रस्ताव तुरुन्त फिर्ता आग्रह गरे । केहि दिन गुल्मीमा बसेर आन्दोलनको आन्दोलनको नेतृत्व गरेकी मालेकी सांसद विकले एक हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन् ।
शान्तिपुर्ण अबस्थामा धर्नामा बसीरहेको बेला प्रहरी प्रशासनबाट भएको दमनले आफनो ध्यानकर्षण भएको बताइन । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १७ औं दिनदेखि बन्द हुदै आएको छ । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् ।
गुल्मीमा जिल्ला प्रशासन कार्यालय सहित, जिल्ला बिकास समितिको कार्यलय, नापी कार्यालय, मालपोतकार्यालय, जिल्ला शिक्षा कार्यालय, सिंचाइ कार्यालय, बिद्युत कार्यालय लगायतका अधिकांश कार्यालयमा तालाबन्दी सहित प्रर्दशन गरेका छन् । गुल्मीमा बिहिवार भएको नमुना जनमत संग्रहको मतगणना तनावका कारण आज नगरिने संघर्ष समिति गुल्मीले जनाएको छ ।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend