logo
  • शनिबार, भाद्र २० २०८३

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्ष श्रेष्ठ


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

12472317_10207865878836355_8366931735612060943_nअनिल खत्री, गुल्मी मंसिर ३० ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । बुटवलमा सम्पन्न आठौं बार्षिक साधारण सभाले गुल्मीका श्रेष्ठ सहित डा.तारा प्रसाद उपाध्याय (ज्ञवाली), भुवन भण्डारी, कृष्ण प्रसाद भण्डारी, मेघराज कक्षपती, मोहन चापागाई, गोपाल प्रसाद पाण्डे र डिल्लीराज भुसाल सदस्य रहेको सञ्चालक समिती निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभाले आ.व. २०७२/७३ को मुनाफावाट चुक्ता पुँजीको २७ प्रतिशत बोनश शेयर वितरण गर्न स्विकृत प्रदान गरेको छ । साधारण सभाबको अबसरमा बैंकले आ.व.२०७२/७३ मा रुद्रपुर शाखा कार्यालयलाई उत्कृष्ट शाखा कार्यालयको रुपमा सम्मान गरेको कका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश पौडेलले जानकारी दिए ।

सधारण सभामा अध्यक्ष थानेश्वर पौडेलले बैंकको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश पौडेलले सञ्चालन रहेको थियो । बुटवलमा केन्द्रिय कार्यालय रहेको यस बैकको हाल ९ जिल्लामा २८ वटा शाखा कार्यालय रहेको छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend