logo
  • शनिबार, भाद्र २० २०८३

अाप्रवासी दिवसको उपलक्ष्यमा कुबेतका नेपाली समुदायलाइ सादर निमन्त्रणा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

गोपाल सिवा, कुबेत मंसिर २९।
अाप्रवासी दिवसको उपलक्ष्यमा कुबेतका नेपाली समुदायलाइ जिफन्ट सहयोग समुह कुबैतले कार्यक्रममा उपस्थितिका लागि सादर निमन्त्रणा गरेको छ। कुवेतमा गत २१ में २०१६ का दिन कुबेत ट्रेड युनियन फेडरेसन र नेपाल ट्रेड यूनियन महासंघ GEFONT मिलेर जिफन्ट सपोर्ट ग्रुप स्थापना भएको थियो ।
13295365_1164191306946040_2090357385_nआफ्नो स्थापना काल देखि जिफन्ट भन्ने केन्द्रिय मुल बिधानमा टेकेर यो सपोर्ट ग्रुपले कुबैतमा कार्यरत नेपाली श्रमिकहरुका हक अधिकार तथा समस्याहरुलाइ निराकरण गर्ने क्रममा दुतावास, कुबैतमा अप्रवासी हेर्ने श्रमिक निकाय र जिफन्ट केन्द्रिय कार्यालय हुदै नेपाल सरकारको श्रम मन्त्रालय सम्म घच्घच्याउने देखि कुबैतमा रहेका सबै संघ संस्थाहरु सग सहकार्य गर्दै नेपाली श्रमिकहरुका राय सल्लाह,समस्या र सुझावहरु संकलन गरी समय समयमा दुतावाससग परामर्श एव कुबैतमा बिपतमा परेका नेपालीलाइ उद्दार सहयोग समेत गर्दै आएको छ।

जिफन्ट सहयोग समुह कुबैतका अध्यक्ष अर्जुन बस्नेतका अनुसार यही आउदो सुक्रबार १६ डिसेम्बर अदलियाको पुलिस स्टेशन नजिकै टिचर एसोसियसनको हलमा अपरान्ह १ बजेबाट अाप्रवासी दिवस मनाउने तयारी गरिएको छ। अध्यक्ष बस्नेतले जिफन्ट सपोर्ट ग्रुप कुबैत र कुबैत ट्रेडयुनिएन को सहभागितामा अाप्रवासी दिवस मनाउने तयारी भइ रहेको हुनाले कुबैतमा कार्यरत आप्रवासी दाजुभाइ दिदीबहिनिहरु, समाजसेवी बुद्धिजीवीहरु, खेलाडी, कलाकार तथा पत्रकार एव कुबैतमा रहनुहुने सम्पुर्ण आप्रवासी नेपाली समुदायलाइ सहभागिता जनाइ कार्यक्रम सफल बनाइ दिनहुन सवैलाइ जिफन्ट सपोर्ट ग्रुपका तर्फ बाट हार्दिक निमन्त्रणा गरेका छन ।

सन २००० डिसेम्बर ४ मा संयुक्त राष्ट्रसंघ माहासभाले डिसेम्बर १८ लाइ अन्तराष्ट्रिय आप्रवासी दिवस घोषणा गरेको हो । तत पश्चात बिश्व समुदायले यस दिनलाइ अन्तराष्ट्रिय आप्रवासी दिवसको रुपमा मनाउदै आएको छ। कुबेतमा रहेका आप्रवासीहरुले बिगतमा यदाकदा यो दिवस मनाए पनि यो बर्ष भने आप्रवासी नेपाली समुदायको अगुवाइमा बृहत तरिकाले मानाउने तयारी रहेको जिफन्ट समुहले बताएको छ। साथै यस अवसरमा नेपाली कला,साँस्कृति,भेषभुषा झल्काउने बिभिन्न समुदायका झाँकीहरु प्रदर्शन हुनेछन ।

यसका निम्ती कुबेतमा आफ्नो कला,साँस्कृति परम्परा,भेषभुषाको जगेर्नामा संगठित संस्थाहरु, तमुसमाज कुबेत, किराँत राइ आयोख्य्य,किराँत याक्थुंग चुम्लुगं,नेपालकुबेत साँस्कृतिक मन्च,लालीगुराँस साँस्कृतिक परिवार,अन्तराष्ट्रिय कलाकार समाज कुबेत र कुबेतमा नेपाली कला र साँस्कृति पस्कने चर्चित कलाकारहरुसग कुराकानी भइसकेको र सम्वान्धित सबै संस्थाहरुले आ-आफ्ना समुदायका नेपाल र नेपालीको पहिचान बोकेका तथा नेपाललाइ बिश्वसाभु चिनाउने बिषेश प्रस्तुतीहरु पस्कने अवगत गराएका छन।कार्यक्रममा बंगालादेशी, र भारतिय कलाको पनि प्रदर्सन हुने सम्भावना रहेको छ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाइ पनि निमन्त्रणा गरिने भएको छ र उपस्थिति हुने संभावना पनि रहेको छ, यस कार्यक्रमका अवसरमा नेपाली दुतावास कुबेतका दितिय सचिब अम्बिका जोसीलाइ बिदाइ समेत गर्ने जिफन्ट टिम कुबेतले जनाएको छ । साथै जिफन्ट टिमले सचिब जोसीको बिदाइमा सहभागी हुन चाहने संघ संस्था तथा ब्यक्ति बिशेषले अगामि सुक्रबार ९ तारिक सम्म आयोगकलाइ जानकारी गराउन पनि यसै समचार मार्फत प्रचार तथा अनुरोध गरेको छ ।

अध्यक्ष बस्नेतले बिविध प्राविधिक कारण जिलिवको वेडिगं हलमा गरिने भनिएको यो कार्यक्रम अदलिया पुलिस स्टेशनको अगाडी कुबैत टिचर एसोसियसनको हलमा गरिने ब्यहोरा सहित मंगाफ, महबुल्ला, फिन्तास, जिलिव, फर्वानिया, साल्मियाबाट यातायातको जाने आउने ब्यवस्था समेत गरेको जानकारी दिदै प्राविधिक कारणले निमत्रणा पाऊन नसक्नु भएका कुबैतमा कार्यरत सम्पूर्ण आप्रवासी नेपालीहरुलाई सहभागिता जनाउनु हुन हार्दिक निमन्त्रणा गरेका छन ।

कार्यक्रम बिवरण
मंगाफ, महबुल्ला, फिन्तास, जिलिव, फर्वानिया, साल्मियाबाट यातायातको जाने आउने ब्यवस्था।

सम्पर्क व्यक्तिहरु
पवन कुमार ओली ५०७७७८७६, साल्मिया हवाल्ली
काशी लामा-६६४२७६६० ,फर्वानिया
बाग बहादुर बस्नेत ६७०९७०९२, महबुल्ला मंगाफ फिन्तास
राजु कल्लेल ६९०६०७४० जिलिव सोयख

मिति: सुक्रबार १६ डिसेम्बर
स्थान – अदलिया पुलिस स्टेशन नजिकै
समय : अपरान्ह १ बजेबाट
आयोजक जिफन्ट सहयोग समुह कुबैत

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend