साझा नेटवर्क
सुवास वि.सी, पाल्पा जेष्ठ १७।
बहादुरपुर गाविसका किसानहरुले कृषि तथा पशु विकास सम्बन्धि ३ दिने तालिम लिएका छन् । गाविसका ३५ जना स्थानीय किसानहरुले कृषि तथा पशु विकास सम्बन्धि ३ दिने तालिम लिएका हुन् ।
आदिबासी जनजाती समुहको आयोजनामा बहादुरपुर गाविसमा संञ्चालित तालिममा व्यवसायिक पशु पालन, पशु तथा कृर्षि व्यवस्थापन, व्यवसायिक तरकारी खेती लगायतका विषयमा सिकाईएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि गाविस कार्यालयका सहायक मोहन रानाले तालिमा सिकेका कुराहरु व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनु भयो । सहभागिका तर्फबाट बोल्दै सन्तोष रानाले तालिम प्रभावकारी भएको भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उर्ताने बताउनु भयो ।
कार्यक्रममा बाल विकास निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक जेत्तर बहादुर राना, प्रशिक्षक विष्णु ढकाल, मानदेव प्रसाद चौधरी लगायतले बोल्नु भएको थियो । आदिबासी जनजाती समुहका अध्यक्ष कृष्ण बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन गुनुमाया मश्राङ्गीले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend