संविधान संशोधन प्रस्ताव विरोधी आन्दोलनमा गुल्मी जिल्लाको भूमिका अग्रणी छ । गुल्मी जिल्लामा भैरहेको आन्दोलनलाई देश विदेशमा पुराउन राष्ट्रिय मिडियामा कार्यरत संचारकर्मी साथीहरुले खेलेको भूमिका प्रति धन्यवाद ।
हामीले कहिल्यै बिर्सन सकिदैन हार्दिक आभार साथीहरु अनलाइन मिडिया जसले आन्दोलनको महत्वपुर्ण कभरेज गरेर आन्दोलनलाई विश्वव्यापी रुपमा प्रचार-प्रसार गरी सघाउनु भएको छ । संचारकर्मी साथीहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्द्छु ।
यस आन्दोलनलाई सफल पार्न गुल्मी जिल्लामा संचालित रेसुङ्गा टेलिभिजन, रेडियो रेसुङ्गा, सामुदायिक रेडियो स्काई, गुल्मी एफ एम, रुरु एफ एम लगायतका रेडियोले निकै महत्वपुर्ण भूमिका खेलेकोमा हार्दिक प्रशंसा गर्दछु । टेलिभिजन तथा रेडियोमा कार्यरत सचारकर्मी मित्रहरुको मेहनतको उच्च कदर गर्दछु ।
साथै आन्दोलन सफल पार्न गुल्मी जिल्लाका पत्रकार तथा संचारकर्मीले स्वदेश तथा विदेशबाट संचालन गरी रहनु भएका (वेबसाइट) अनलाईन मिडिया मार्फत, आन्दोलनको महत्वपुर्ण कभरेज गरेर आन्दोलनलाई विश्वव्यापी रुपमा प्रचार-प्रसार गरी निकै महत्वपुर्ण भूमिका खेली रहनु भएको छ । उहाहरुलाई विशेष धन्यवाद दिदै सचारकर्मी मित्रहरुको मेहनतको उच्च कदर गर्दछु ।
– गणेश श्रीपाली, गुल्मी ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend