logo
  • शनिबार, साउन ३० २०८३

उर्लिए गुल्मेली कुर्लिए नेता, जुनसुकै मुल्य चुकाएर भएपनि संसोधन प्रस्ताव पारित गर्न दिदैनौ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर २७ ।
गुल्मीमा आन्दोलन  चर्किएको १३ औ दिन । बन्दको कुनै प्रबाह छैन । दैनिक जसो लाँकुरी मञ्चमा आन्दोलन र बिरोधका कार्यक्रम भएपनि जनताको उपस्थिती राम्रै देखिन्छ । त्यति मात्र होइन जिल्लाका विभिन्न स्थानमा बिरोध र आमसभा भैरहेका छन्, जताको उल्लेख्य सहभागीता छ ।aandolan-gulmi6गुल्मीसंगै शुरु भएका विभिन्न जिल्लाका आन्दोलन बरु बेला बेलामा थाके पनि । तर गुल्मेली नेता र जनता भने थाकेको अनुभत हुँदैन । त्यसैले होला फेरी गुल्मेलीकै साथ र समर्थनमा अरु जिल्लामा पनि आन्दोलनको रौनक थपिएको छ । त्यो रौनकलाई आज सदरमुकाम तम्घासमा भएको बिशाल आम सभा र नेताहरुका अभिव्यक्तिले अझ मलजल गर्ने देखिन्छ ।aandolan-gulmi5सदरमुकाम तम्घासमा भएको बिशाल आम सभालाई एमाले नेता प्रदिप ज्ञवाली, कांग्रेस नेता चन्द्र भण्डारी, एमाले सांसद कमला विश्वकर्मा लगायतले संबोधन गर्नुभयो । कांग्रेस नेता तथा गुल्मी क्षेत्र नं २ का सांसद चन्द्र भण्डारीले आफुहरु मदेशको बिरोध नभएर राष्ट्रियता जोगाउने सवालमा आन्दोलनमा उत्रिएको बताउनुभयो । aandolan-gulmi3संसोधनको पक्षमा गुल्मी अर्घाखाँची पाल्पा र रुपन्देहि मात्र नभएर राष्ट्रिय अखण्डताको बिषयमा अहिले धेरै ठाउँमा सङघर्ष भैरहेको बताउनुभयो । नेता भण्डारीले सरकार आफुहरुलाई घुडा टेकाउने सोचमा रहेको भए आफैले घोडा टेक्नुपर्ने अवस्थामा पुग्ने उहाँको भनाई रहेको थियो । त्यस्तै बिरोध सभालाई संबोधन गर्र्दै एमाले नेता ज्ञवालीले जस्तोसुकै मुल्य चुकाएर भएपनि ५ नं प्रदेश टुक्राउन नदिने अडान ब्याक्त गर्नुभयो । उहाँले चिसो बेलामा आन्दोलन गर्नु आफुहरुको रहर नभएर देश बचाउने प्रयास भएको बताउनुभयो । aandolan-gulmi1गुल्मेली जनता प्रति सलाम गर्दै नेता ज्ञवालीले १३ दिन सम्म पनि व्यापार व्यावसाय र आफ्नो काम नगरि सडकमा उत्रिएकाले नै सरकार आफ्नो संसोधन प्रस्तावबाट पछि हट्न खोजिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय संसदमा प्रस्तावको बिपक्षमा दुई सय बढि सांसद भएकाले प्रस्ताव पारित गरेर हेर्दाहेर्दै देश चिराचिरा पार्न नदिने औल्याउनुभयो । कार्यक्रममा एमाले सांसद कमला विश्वकर्मा, छिमेकी जिल्लाका रौजनैतिक दलका प्रमुख एवं प्रतिनिधी सरकारले संसदमा दर्ता गरको संसोधन प्रस्तावको बिरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले हिजो मानव साङलो बनाएर सरकारी कार्यालय घेराउ गरेका थिए । aandolan-gulmi4सोहि दिन साँझ सदरमुकाम देखि रिडी बजार सम्म ४५ किलोमिटर राँकेजुलुस निकालेका थिए । मंसिर १४ गते देखि जिल्ला ठप्प छ । आज सम्म बिभिन्न बिरोध सभा र जुलुस एवं धर्नाहरु भैरहेका छन् । अनिश्चतकालिन बन्दले जिल्लामा दैनिक ज्याल मजदुरी गर्ने मजदुर, स्वेदश तथा बिदेशकाट जिल्ला भित्रने र बाहिने व्यक्तिहरु मर्कामा परेका छन् ।

सरकारी कार्यालयका सेवाहरु प्रभावित भैरहेका छन् । जसले गर्दा आम नागरिकको जनजीवन निकै कष्टपुर्ण बन्दै गएको छ । व्यापार घाटा भएपनि राष्ट्रियता जोखिममा परेकाले महिनौ व्यावसाय बन्द गर्न परेपनि आफुहरु तयार रहेको उद्योग बाणिज्य संघका महासचिव तारा भुसालले बताए । ग्रामिण इलाकाबाट विभिन्न कामको शिलसिलामा सदरमुकाम आउने तथा जिल्ला बाहिर जाने व्यतिmहरुले सास्ती खेप्नुपरेको छ ।

बिरामी तथा बृद्धबृद्धाहरु पनि बन्दको मारमा परिरहेका छन् । गाउँघरमा उत्पादन गरेर शहर बजारमा बिक्री वितरण गरिदै आएका तरकारी, फलफुल तथा दुघ कृषकहरुले पनि उत्पादन खपत नहुदा समस्या परेको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend