logo
  • शनिबार, साउन ३० २०८३

१६ वटा जिल्ला उछिन्दै दौडमा गुल्मी प्रथम


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ १७।
पोखरामा चलिरहेको क्षेत्रिय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगिताको १५ सय मिटर दौडमा १६ वटा जिल्लालाई उछिन्दै गुल्मीका एक विद्यार्थी प्रथम भएको छन् भने मार्चपास दौडमा पनि गुल्मी नै प्रथम भएको छ ।
p 2
मार्च पास दौडमा गुल्मी प्रथम भएको र १५ सय मिटर दौडमा पनि गुल्मीका एक विद्यार्थी प्रथम भएको खेलाडी टोलीको नेतृत्व गर्दै त्यहाँ पुगेका मनोज काउछाले जानकारी दिए । छात्र तर्फ १५ सय मिटर दौडमा त्रिभुवन उच्च माध्यामिक विद्यालय कुर्घाका रोहित अधिकारी प्रथम भएको उनले बताए ।
p 4
विभिन्न विद्याका ७० जना खेलाडी जेठ १५ गते गुल्मीबाट पोखरा पुगेका थिए । खेलको सुरुवातमै पहिलो उपहारका रुपमा मार्च पास दोश्रो उपहारका रुपमा पनि गुल्मीले नै स्वर्ण पदक हाता पार्न सफल भएकोमा गौरव लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले बताए ।
p 3
क्षेत्रिय स्तरको खेल जेठ १६ गते देखि सुरु भएको र आज सकिने काउछाले जानकारी दिए । विदाई गर्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपरा कँडेलले जितेर आउन खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend