logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारले “एम्बुलेन्स संचालन अभियान” घोषणा गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको गुल्मी सेवा समाज कतारले गुल्मी जिल्लाको ग्रामीण तथा बिकट क्षेत्रमा “एम्बुलेन्स संचालन अभियान”का लागि कतारबाट आर्थिक संकलन सुरु गरेको छ ।
5समाजका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त थापा, प्युठान सेवा समाजका का.वा. अध्यक्ष वलदेव राना, गोरखा सेवा समाजका कोषाध्यक्ष ज्ञानेन्द्र न्यौपाने, मोना कतारका महासचिव तिलु शर्मा पौडेल, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका पत्रकार दिल कुमार श्रेष्ठ, दिल रानाभाट लगायत अतिथि रहेका थिए । साथै कार्यक्रममा समाजका कार्यसमिति पदाधिकारी, रोजगारीको सिलसिलामा कतारमा कार्यरत गुल्मेली तथा गैर गुल्मेलीहरुको उल्लेख्य उपस्थित रहेको थियो ।
2समाजका उपाध्यक्ष झविन्द्र आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समाजका सल्लाहकार भिम तरामु मगरले एम्बुलेन्स संचालन अभियान तथा समाजले गर्दै आएको सामाजिक कार्यहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै कार्यक्रमका सभापति एवम समाजका अध्यक्ष बुद्ध पाण्डेले एम्बुलेन्स अभियान घोषणा गरेका थिए ।
1गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका विभिन्न गाविसहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै गुल्मी सेवा समाज कतारले त्यस क्षेत्रका वासिन्दाले भोग्दै आएको पिडालाई केहि हद सम्म समाधानका लागि एम्बुलेन्स अभियान संचालन गर्न लागेको हो । प्रवासमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरुलाई यो महान कार्यमा साथ तथा सहयोग गरिदिन आग्रह गरेको छ ।
3विश्व भरि छरिएर रहेका गुल्मेलीहरुलाई समेट्दै गुल्मी सेवा समाज कतारले यो अभियानलाई तीव्रता दिने भएको छ । समाजले गुल्मी जिल्लाका तीनवटा क्षेत्रलाई समेट्दै एम्बुलेन्स अभियान संचालन गर्न लागको हो । तत्काल क्षेत्र नम्बर तिनमा पर्ने नेटा, दर्लिङ्ग, पौदि अमराई, ह्वाङ्दि गाविसहरुमा एम्बुलेन्स संचालन गरिने भएको छ ।

भौगोलिक रुपले जटिल भु-संरचना रहेको शो क्षेत्रमा एम्बुलेन्स सेवा सुरु गरिए धेरैको जीवन जोगिने निश्चित छ । समयमा गाडी नपाउदा उक्त भेगका विरामी, घाईते तथा गर्ववती महिला र नबजात शिसुको अकालमा ज्यान जाने गरेको छ ।

कार्यक्रममा ज्ञानेन्द्र न्यौपाने, बसन्त थापा, तिलु शर्मा पौडेल, बलदेव राना लगायतले आ-आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रमा बोल्ने अधिकांश वक्ताहरुले समाजको यो महान कार्यको खुलेर चर्चा गरे । मानव जीवनको स्वास्थ्य जस्तो महत्वपूर्ण बिषयलाई मध्यनजर गरि समाजले संचालन गर्न लागेको “एम्बुलेन्स संचालन अभियान”मा साथ तथा सहयोग रहने बताएका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै सभापति पाण्डेले कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउनका लागि विभिन्न संघ-सस्थाका प्रतिनिधि, पत्रकार, मिडियाकर्मी, बुद्धिजीवी, व्यवसायी लगायत उपस्थित सम्पूर्णलाई विशेष आभार एवम धन्यवाद प्रकट गरेका थिए । आगामी दिनहरुमा पनि निरन्तर सहयोग र सदभावको अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम समाजका उपाध्यक्ष कुमार अविरल पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend