logo
  • शनिबार, साउन ३० २०८३

संसोधन प्रस्तावको बिरोधमा लाठी जुलुस (फोटो फिचर)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी मंसिर २५ ।
सरकारले संसदमा संसोधन प्रस्ताव दर्ता गरेको बिरोधमा आन्दाृलनमा उत्रिएका गुल्मेलीहरुले मंसिर २५ गते लाठी जुलुस निकालेका छन । ११ औ दिन सम्म आन्दोलन गर्दा पनि सरकार आफ्नो माग संबोधन गर्ने पक्षमा उदासिन देखिएको भन्दै खबरदारी गर्न लाठी जुलुस निकालिएको आन्दोलन परिचालन कमिटीका संयोजक भुवन प्रसाद श्रेष्टले बताए ।
img_1729दिन प्रतिदिन आन्दोलनका स्वरुपहरु परिवर्तन हुन्दै गएका छन् । मंसिर २६ गते मानव सङ्गलो बनाएर प्रसासन घेर्ने, मंसिर २७ गते बिशाल आम सभा गर्ने कार्यक्रम रहेको छ । आम सभालाई संबोधन गर्न एमाले नेता प्रदिप ज्ञवाली, कांग्रेस नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी आउने कार्यक्रम रहेको संयोजक श्रेष्टले जानकारी दिए ।

यता अनिश्चितकालिन जिल्ला बन्दले दैनिक जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संसोधन मार्फत पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउन प्रयास गरेकोे बिरोधमा गुल्मेली मंसिर १४ गते देखि आन्दोलनमा छन् । जसका कारण जनजीवन निकै असहज र कष्टकर बन्दै गएको छ । जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना बन्द छन् ।

जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । साँझ ५ बजेपछि बन्द खुल्ने भएकाले रातिको समयमा सदरमुकाम आउने तथा यहाबाट गाउँ सम्म पुग्नेहरुले दोब्बर तेब्बर भाडा तिर्नु पर्ने अवस्था आएको पत्रकार शिव सुवेदीले बताए । उनले समेत धुर्कोट रजस्थल पुग्दा दोब्बर भाडा तिरेर जाने आउने गरेको बताए ।

जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । आन्दोलनकारीहरुले दैनिक जिल्ला प्रसासन कार्यालय र जिल्ला विकास समितिमा धर्ना दिदै आएका छन् । जसका कारण सरकारी कामकाज ठप्प छ । जिल्लाका शैक्षिक संस्था भने निर्बाध रुपमा संचालनमा आएका छन् ।

अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानीय राजनितिक दल, बिभिन्न बिद्यार्थी संगठनले आन्दोलनलाई थप शसक्त पार्ने बताउँदै आएका छन् । प्रजिअ कृष्ण प्रसाद ढुंगानाले आन्दोलनको बिषय राष्ट्रिय मुद्धा भएपनि जिल्लाको अजसहज अबस्थालाई सहज बनाउन पार्टीका मुख्य व्यक्ति र सरोकारवाला संग समन्वय र सहकार्य भैरहेकाले बताए ।
img_1774

img_1769

img_1707

img_1714

img_1726

laure-julus-gulmi-_1

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend