logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा लौरा जुलुस प्रदर्शन, सिमाङ्कन हेरफेर अघिवढे प्रतिकार गर्छौ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी मंसिर २५ ।
सरकारले आफना माग सुनुवाई नगरेपछी गुल्मीमा लौरे जुलुस प्रर्दशन भएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा जारी आन्दोलनमा गुल्मीका बिभिन्न राजनितिक दल, उद्योगवाणिज्य संघ,नागरिक समाज, लोक तथा दोहोगित प्रतिष्ठान स्थानिय वासीले बिरोध गर्दै लौरा लिएर प्रतिकात्मक बिरोध स्वरुप सडकमा उत्रिएका हुन ।
laure-julus-gulmi-_1वर्तमान सरकारले आन्दोलन चलिरहेको यतिका दिन बित्दा समेत कुनै सुनुवाइ गर्न तर्फ नलागेको भन्दै उनिहरुले प्रतिकात्मक स्वरुप लौरा हातमा लिएर उत्रिएको बताएका छन् । हाम्रो माग सुनुवाई गर्न तर्फ कुनै चासो नदेखाएको भन्दै उनिहरुले यहि माग पुरा गर्न सरकार तयार नभए प्रतिकार गर्न पनि पछी नहने भन्दै लौरा जुलुस निकालिएको संयुक्त आन्दोलन समिति गुल्मीले जनाएको छ ।
laure-julus-gulmi-_0जिल्लाको सदरमुकाम तम्घासको जिल्ला प्रशासन अगाडीबाट उनिहरुले बजारका बिभिन्न स्थानमा हातमा लौरा लिएर बिभिन्न नाराबाजी समेत गरेका थिए । विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् ।
laure-julus-gulmiलौरे जुलुस प्रर्दशन पछी कोणसभा समेत सम्पन्न भएको छ । कोणसभामा कबिता तथा बिभिन्न साँगितिक प्रस्तुति मार्फत सरकारलाई अबिलम्ब माग सुनुवाई गर्न सुल्झाएका थिए । उनिहरुले सरकारलाई जनभावना विपरित कदम तुरुन्त फिर्ता लिन समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend