logo
  • शनिबार, साउन ३० २०८३

अनिश्चित बन्दको दशौं दिन गुल्मीका ८ ठाउँमा जनसभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी मङ्सिर २४।
अनिश्चित कालिन बन्दले गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १० दिन देखि अनिश्चित कालिन बन्दले जनजिवन कष्टकर बन्दै गएको छ ।
kuchojuli_gulmi
बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । जिल्लाको सदरमुकाम तम्घास सहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् ।

संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा शुक्रवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । धर्नाको कारण प्रमुख जिल्ला अधिकारी र स्थानिय बिकास अधिकारी, कर्मचारलाई रोक लगाएका छन् ।

विरोध कार्यक्रममा ‘सिमाङ्ककन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । आन्दोलनलाई थप सशक्त बनाउन यहि आज जिल्लास्थित व्यापारिक केन्द्रहरु शान्तिपुर, वामीटक्सार, मजुवा, खैरेनी, रिडी, बलेटक्सार, इस्मा, पुर्कोट दहमा वृहत विरोध सभा सम्पन्न भएका छन् । सभालाई जिल्ला सयुक्त आन्दोलनका शिर्ष नेताहरु सम्बोधनका लागी गाउँगाउ पुगेका थिए ।

जिल्लाका बिभिन्न स्थानमा भएको सभामा नेपाली कांग्रेसगुल्मीबाट खिलध्वज पन्थी इश्मा,अन्नतराम पौडेल रिडी, शालिक पन्थी बलेटक्सार,भगतसिंह खड्का वामी, महेन्द्र भण्डारी पूर्कोटदह , श्रीप्रसाद भलामी खैरेनी,थम्मन के.सी तुराङ्ग,विष्णु प्रसाद वलाल शान्तिपुर रहेका छन् । एमालेबाट मधुकृष्ण पन्त खैरेनी, निलकण्ठ गौतम रिडी, सोमनाथ सापकोटा बलेटक्सार, जंग बहादुर नेपाली तुराङ्ग, गणेश विश्वकर्मा वामी, लक्ष्मण विष्ट इश्मा मैदान, गणेश श्रीपाली पूर्कोटदह , मैना भण्डारी शान्तिपुर सम्बोधन गरेका थिए ।

माओवादी केन्द्रबाट यदु ज्ञवाली बलेटक्सार, रामचन्द्र कंडे्ल रिडी, गणेश पौडेल शान्तिपुर,प्रभात खैरेनी, शुरेन्द्र नेपाली वामी, निम बहादुर पाण्डे इश्मा, विर बहादुर कार्की इश्मा, राजन के.सी मजुवामा सम्बोधन गरेका थिए । राप्रपा नेपालबाट रुप बहादुर बुढाथोकी खैरेनी, यज्ञ बहादुर पाण्डेय मजुवा, टोप बहादुर खत्री शान्तिपुर, भरत चन्द वामी्, अनिल कक्षपती बलेटक्सार, .प्रकाश पाण्डेय रिडी, श्रवण कुमार नेपाली इश्मा, शेखर घिमिरे पूर्कोटदह सम्बोधन गरेका छन् ।

जनमोर्चाबाट ओमेन्द्र कुवंर खैरेनी, प्रेम चन्द पन्त रिडी, टेक बहादुर के.सी बलेटक्सार,मोहन श्रेष्ठ मजुवा,नर बहादुर विष्ट शान्तिपुर, शुदर्शन शाक्य वामीटक्सार, पृथ्वी कुवंर पूर्कोटदहमा सम्बोधन गरेका छन् । नयाँ शक्ती नेपालबाट घनश्याम पाण्डेय रिडी, जनक पन्त बलेटक्सार, तेजेन्द्र थापा शान्तिपुर, ज्ञानिश्वर घिमिरे इश्मा, चन्द्र वि.क पूर्कोटदह , धन बहादुर खड्का तुराङ्ग, प्रेम नेपाली खैरेनीमा सम्बोधन गरेका छन् ।

परिवारदलबाट रमेश के.सी इश्मा,विष्णु आचार्य पूर्कोटदह ,पशुपति पाण्डेय खैरेनीमा सम्बोधन गरेका छन् । अखण्ड पार्टीबाट गोकर्ण कुवंर पूर्कोटदह , घनश्याम अर्याल मजुवा, खड्ग जि.सीरिडी, राजु धिकारी बलेटक्सार, नेत्र बहादुर वस्नेत वामीमा सम्बोधन गरेका छन् । जिल्लाका शिर्ष नेताहरु बाहेक उनिहरुका भात्री संगठन, बिद्यार्थी संगठन, नागरिक समाज, पत्रकार महासंघका प्रतिनिधीहरुले पनि सम्बोधन गरेका थिए ।

सभामा गाउँगाउबाट उल्लेख्य सहभागीता हरेको थियो । सभाबोल्ने अधिकांश नेताहरुले सरकारले दर्ता गरेको संबिधान संशोधनमा तपाईबाट पहाडी जिल्ला टुक्राइएको प्रस्ताव फिर्ता नहुन्जेल संघर्ष जारी रहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend