logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा खुल्ला व्याटमिन्टन प्रतियोगीता सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ १७ ।
स्वर्गिय दल बहादुर राना मगर स्मृतीमा जिल्ला स्तरिय खुल्ला व्याटमिन्टन प्रतियोगीता सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । नवौ गणतन्त्र दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला कार्य समितीको प्रतियोगीताको आयोजना गरेको थियो ।

तीन दिन सम्म संचालन भएको प्रतियोगीतामा ७१ समुहले प्रतिस्प्रर्धा गरेका थिए । जसमा खुल्ला समुहबाट प्रथम श्रीप्रसाद भलामी र लालमणी पन्थी, द्धतिय नवराज श्रेष्ट र सुरेश श्रेष्ट, तृतिय महेश काउछा र प्रितम काउछा तथा छिका भलामी र दुर्गा श्रेष्ट हुनुभएको संघ केन्द्रिय सदस्य हिरासिंग सराङकोटीले जानकारी दिनुभयो ।

भेटरान समुह तर्फ प्रथम ज्ञान बहादुर भलामी र चन्द्र बहादुर काउछा, द्धतिय भोला रावल र प्रकाश भलामी, समुह वि मा प्रथम ज्ञान बहादुर भलामी र विकास काउछा, द्धतिय पुर्ण बहादुर थापा र बुद्ध थापा, तृतियमा होम पल्ली र चन्द्रमणी पाण्डेय तथा राजेन्द्रप्रसाद श्रेष्ट र प्रेम श्रेष्ट त्यस्तै समुह ए प्लस वि को प्रथममा महेश काउछा र विकास काउछा, द्धतियमा राजन काउछा र राजेन्द्र प्रसाद श्रेष्ट त्यस्तै तृतिय लालमणी पन्थी र हिरा सराङ्गकोटी तथा होम पल्ली र टिका भलामी हुनुभएको छ ।

समुह सि मा प्रथम पदम बिष्ट र कृष्ण पन्थी, द्धतियमा इन्द्रजंग घर्तिमगर र किरण कुवंर तृतियमा रोम बहादुर रजाली र मेहशराज भण्डारी तथा कुमार थापा र चर्तुभुज पन्थीको समुह भएको । प्रथमले सात हजार, द्धतियले पाँच हजार र तृतियले ३ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend