logo
  • शनिबार, साउन ३० २०८३

सिमाङ्कन हेरफेरको बिरोधमा गुल्मी सातौं दिन पनि ठप्प, जनजिवन कष्टकर


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी मंसिर २१ ।
सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा आन्दोलन अझ शसक्त बन्दै जान थालेको छ । सातौं दिन आन्दोलनकारीहरुले सदरमुकाम तम्घासमा प्रर्दशन गरिरहेका छन् । सरकारले संबिधान संशोधनमा पहाडी जिल्ला टुक्राएको बिरोधमा ७ दिनदेखि गुल्मी अनिश्चित कालिबन्द हुदै आएको छ ।
aandolan-gulmiबन्दकर्ताले बिहानै देखि बन्द गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । लगातारको बन्दबाट गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । बन्दको अबज्ञा गरेको भन्दै गुल्मीको अर्खलेमा ४ वटा जिप १ बस र १ मोटरसाइकल नियन्त्रणमा लिएका छन् । बन्दको समयमा सवारी चलाएको भन्दै उनिहरुले उक्त सवारी साधनको चापी नियन्त्रणमा लिएका छन् ।
andolan-gulmi_1विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् । संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा मंगलवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पारेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् । सरकारी कार्यालयमा धर्ना पछी बजारमा प्रर्दशन समेत गरिरहेका छन् ।

आन्दोलनलाई थप अराजक बन्न नदिनको लागि स्वयसेवक दल समेत गठन गरिएको छ । आन्दोलन अवधिभर कुनै पनि राजनितीक दलको झण्डा प्रयोग नगर्ने र राष्ट्रिय झण्डा प्रयोग गर्ने आन्दोलन परिचालन कमिटीले निर्णय गरेको छ । बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा संचालन भएकाले थप समस्या नहोस भन्नका लागि शैक्षिक संस्था बन्द नगरिएको संयुक्त आन्दोलन परिचालन कमिटीका सदस्य मधुकृष्ण पन्तले बताए । लामो तथा छोटो दुरीका सवारीका साधन नचलेपछि कुलपुजाको लागी स्वदेश तथा बिदेशबाट घर फर्कनेहरु मर्कामा परिरहेका छन् ।

जिल्लाका राजनीतिक दल, एवं भातृ संघ संगठन, गैरसरकारी संघसंस्थाको समर्थनमा आन्दोलन परिचालन कमिटी गठन गरिएको छ । संविधान प्रति असन्तुष्टि जनाउँदै आएका केही राजनीतिक दलको मागलाई सम्बोधन गर्ने नाममा सरकारले आम नागरिकको चाहना र भावना विपरित गएर संविधान प्रस्ताव संशोधन गर्न लागेको भन्दै स्थानीय आन्दोलित बनेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend