साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी मंसिर २०।
संविधान संसोधन मार्फत ५ नं प्रदेशबाट अलग्याउन लागेको बिरोधमा मंसिर २० गते गुल्मीमा बिशाल आमसभा तथा जनप्रर्दशन गरिएको छ । छ दिन देखि जिल्ला बन्द गरिएको छ । तर पनि बन्दको प्रवाह नगरी सिंगो गुल्मेली जनताहरु संसोधन प्रस्तावको बिरुद्धमा आन्दोलनमा उत्रिएका छन् ।
आज जिल्लाका विभिन्न स्थानबाट ठुलो संख्यामा स्थानीयहरु आन्दोलनमा एक्यबद्धता जनाउन सदरमुकाम तम्घास आएका थिए । बिशाल आमसभामा जिल्लाका सवै राजनैतिक दलका प्रमुखहरुले संबोधन गरेका थिए । उनीहरुले भारतीय दुतावासले बिज्ञप्ती मार्फत संसोधन प्रस्तावको स्वागत गर्नु नेपाल र नेपालीको हित बिपरीत भएको भन्दै आपत्ति जनाएका थिए । देशको राष्ट्रिय बिषयमा अनावश्यक चासो नराख्न उनीहरुले आग्रह पनि गरेका छन् ।
सम्पुर्ण राजनैतिक दलका प्रमुखहरुले आपसमा एक्यबद्धता जारी गर्दै पार्टी केन्द्रको जुनसुकै निर्देशन आएपनि अखण्ड ५ नं प्रदेशको आन्दोलनमा होमिने घोषणा गरेका छन् । नेकपा एमालेका पुर्व सांसद कमलराज श्रेष्टले संसोधन प्रसाद भारतीय दुतावासले स्वागत गर्नु र नेता भारत तर्फ लम्पसार परिरहेकाले आफुहरुको चिन्दा तराई जोगाउनु रहेको बताए । उनले आवश्यक परे पार्टी छोड्न तयार रहेकाले यो आन्दोलनलाई बिस्तारै उचाईमा पु¥याउने बताए । आन्दोलन परिचालन कमिटीका संयोजक नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्टले अखण्ड ५ नं प्रदेश टुक्रयाउने गरि ल्याइएको ५ नं प्रदेशको मात्र नभएर राष्ट्रघाति भएको बताए ।
उनले अखण्ड ५ नं प्रदेश भन्दा पनि तराई भारत बेचिन लागेकाले राष्ट्रियताको पक्षमा आन्दोलन जारी रहेको बताए । त्यस्तै गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले महिनौ आफ्ना व्यावसाय बन्द भएपनि प्रदेश टुक्राउन नदिने बताए । विभिन्न बिद्यार्थी संगठनका नेताहरुले सभालाई संबोधन गर्दै देशका महत्वपुर्ण आन्दोलनहरु बिद्यार्थीको अगुवाइमा मात्र सम्पन्न भएको अवगत गराउँदै यो आन्दोलनलाई पनि निशकर्षमा पु¥याउन जिलो ज्यान दिन आफुहरु तयार रहने बताए ।
बिशाल जन प्रदर्शनमा जिल्लाका सम्पुर्ण बिद्यालय तथा क्याम्पसहरुका बिद्यार्थीहरुको स्वतस्र्फुत उपस्थिती रहेको थियो । तम्घासको लाँकुरी मञ्चबाट शुरु भएको बिरोध ¥यालीले सदरमुकामको बजार परिक्रमा गरी महेन्द्र उमाविको खेल मैदानमा पुगेर कोण सभामा परिणत भएको थियो । मंसिर १५ गते जारी अनिश्चतकालिन बन्दले सदरमुकाम तम्घास साथै जिल्लाका व्यापारीक केन्द्र, रिडि, वामीटक्सार, बलेटक्सार सिमलटारी बजार सुनसान बनिरहेका छन् ।
जिल्लाका राजनीतिक दल, एवं भातृ संघ संगठन, गैरसरकारी संघसंस्थाको समर्थनमा आन्दोलन परिचालन कमिटी गठन गरिएको छ । संविधान प्रति असन्तुष्टि जनाउँदै आएका केही राजनीतिक दलको मागलाई सम्बोधन गर्ने नाममा सरकारले आम नागरिकको चाहना र भावना विपरित गएर संविधान प्रस्ताव संशोधन गर्न लागेको भन्दै स्थानीय आन्दोलित बनेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेयले बताए ।
विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, संयुक्त आन्दोलन जारी छ, भारतप्रस्त सरकार मुर्दाबाद हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend