साझा नेटवर्क
प्रेम सुनार, गुल्मी मंसिर २० ।
गुल्मी जिल्लामा चर्किएको आन्दोलनको अगुवाई स्वयम सत्तारुढ दलका नेताहरुले गरी रहेका छन् । संविधान संशोधनको प्रस्ताव गरेको सरकारको सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ संयुक्त जनआन्दोलन परिचालन समितिको संयोजक रहेका छन् ।
त्यस्तै सरकार कै नेतृत्व गरेको नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक विरबहादुर कार्की संंयोजक समितिको अगुवाई गरी रहेका छन् । नेकपा एमाले त सुरु देखि नै आन्दोलनको राँको सल्काएको थियो ।
अन्य सवै साना दल, सर्वसाधरण , नागरिक समाज । उद्योगी व्यवसायी सहभागी संयुक्त जनआन्दोलनमा कुनै पार्टीको झण्डा नबोक्ने केवल राष्ट्रिय झण्डा बोक्ने सहमती भएको छ ।
सरकारमै रहेको दलका नेता र कार्यकर्ताहरु नै आन्दोनको अगुवाई गरेर सरकारको चर्को विरोध गरे पछि संविधान संशोधनको प्रस्ताव सरकारका लागि फलामको चिउरा सावित हुने संकेत देखा परेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend