logo
  • शनिबार, साउन ३० २०८३

संविधान संसोधन प्रस्ताव खारेख गर्न माग गर्दै राँके जुलुस तथा बिरोध प्रर्दशन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी  मंसिर १९ ।
५ नं प्रदेशबाट अलग्याउन लागेको बिरोधमा जिल्लामा आन्दोलन अझ शसक्तm बन्दै जान थालेको छ । अनिश्चतकालिन जिल्ला बन्दले दैनिक जीवन थप कष्टकर बन्दै जान थालेको छ । जिल्लामा मंसिर १५ गते देखि विभिन्न बिरोध प्रर्दशन भैरहेका छन् । आज पाँचौ दिन आन्दोलनकारीहरुले सदरमुकाममा बिशाल राँके जुलुस प्रर्दशन गरेका छन् ।
7सदरमुकामको लाँकुरी मञ्चबाट शुरु भएको राँके जुलुसले बजार परिक्रमा गरेको थियो । त्यस अघि बिरोध ¥याली समेत निकालिएको थियो । साथै आन्दोलनकारीले सडकमा टायर बालेर बिरोध प्रर्दशन समेत गरेका थिए । विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरिरहेका छन् ।

आन्दोलनलाई संबोधन गर्दै आन्दोलन परिचालन कमिटीका संयोजक नेपाली कांग्रेसका पार्टी सभापति भुवन प्रसाद श्रेष्टले सरकारले संसोधन फिर्ता लिएर अखण्ड ५ नं प्रदेश घोषणा नगरे सम्म कुनैपनि हालतमा आफुहरु आन्दोलनबाट पछि नहट्ने बताए । त्यस्तै कमिटीका सदस्य मधुकृष्ण पन्तले एक मुठी सास र एक थोपा रगत रहे सम्म ५ नं प्रदेशबाट अलग्याउन नदिने र त्यसको बिरुद्धमा आन्दोलन थप शसक्त पार्ने बताए ।

गुल्मी उद्योग बाणिज्य संघमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मंसिर २० गते सदरमुकाम तम्घासमा हुने बिशाल आम सभामा २० हजार मानिस उतार्ने तयारी रहेको परिचालन कमिटीले जानकारी दिएको छ । साथै पत्रकार सम्मेलनमा बन्दको बेला बढि भाडा लिने सवारी साधन र व्यापारीहरुको पहिचान गर्ने कार्यभएकाले आवश्यक कारबाहि गर्ने कमिटीले जनाएको छ ।

आन्दोलनलाई थप अराजक बन्न नदिनको लागि स्वयसेवक दल समेत गठन गरिएको छ । भने आन्दोलन अवधिभर कुनै पनि राजनितीक दलको झण्डा प्रयोग नगर्नेपनि परिचालन कमिटीले निर्णय गरेको छ । जिल्ला बन्दले उद्योगी व्यावसायी, यात्रु, सेवाग्राहि तथा बिरामीहरुलाई सास्ती भएको छ । अनिश्चतकालिन बन्दले सदरमुकाम तम्घास साथै जिल्लाका व्यापारीक केन्द्र, रिडि, वामीटक्सार, बलेटक्सार सिमलटारी बजार सुनसान बनिरहेका छन् ।

सेवाग्राहिको उपस्थिती नहुदा सरकारी कार्यालयका कर्मचारीहरु दिनभर घाम तापेर समय कटाउने गरेका छन् । आन्दोलनकारीहरुले जिल्ला विकास समिति र जिल्ला प्रसासनका कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् । बिद्यालय तथा शैक्षिक संस्था भने निर्बाध रुपमा संचालनमा छन् । बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा संचालन भएकाले थप समस्या नहोस भन्नका लागि शैक्षिक संस्था बन्द नगरिएको संयुक्त आन्दोलन परिचालन कमिटीका सदस्य मधुकृष्ण पन्तले बताए ।

लामो तथा छोटो दुरीका सवारीका साधन नचलेपछि कुलपुजाको लागी स्वदेश तथा बिदेशबाट घर फर्कनेहरु मर्कामा परिरहेका छन् । जिल्लाका राजनीतिक दल, एवं भातृ संघ संगठन, गैरसरकारी संघसंस्थाको समर्थनमा आन्दोलन परिचालन कमिटी गठन गरिएको छ ।

संविधान प्रति असन्तुष्टि जनाउँदै आएका केही राजनीतिक दलको मागलाई सम्बोधन गर्ने नाममा सरकारले आम नागरिकको चाहना र भावना विपरित गएर संविधान प्रस्ताव संशोधन गर्न लागेको भन्दै स्थानीय आन्दोलित बनेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेयले बताए ।

1

2

3

4

5

6

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend