logo
  • शनिबार, साउन ३० २०८३

जिल्ला कारागार गुल्मीका ७ कैदीलाई कैद मिनाहा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ १६ ।
आठौं गणतन्त्र दिवसका अबसरमा जिल्ला कारागार गुल्मीबाट सात जना कैदी बन्दिको कैद मिनाह भएको छ । असल चालचलन, अनुशासित र ४० प्रतिशत कैद भूक्तान गरि सकेका सात जनालाई कैद मिनाहका लागि कारागार विभागमा सिफारिस गरेकोमा सातै जना कैदिले कैद मिनाह पाएका हुन् ।

कर्तव्य ज्यानको मुद्धामा ४३ प्रतिशत कैद भुक्तान गरेका जुनियाँ ८ का ६२ बर्षिया लील बहादुर भण्डारी, डाँका चोरी तथा हात हतियार मुद्धामा ९३ प्रतिशत कैद भुक्तान गरेका बाँझकटेरी १ का २६ बर्षिय टेक बहादुर खत्री, ९६ प्रतिशत कैद भुक्तान गरेका रोल्पा जेलबाङका २९ बर्षिय राजन बुढामगरको कैद मिनाह भएको जेलर गोपाल प्रसाद पाण्डेयले जानकारी दिए ।

त्यस्तै चोरी मुद्धामा ७५ प्रतिशत कैद भुक्तान गरेका हस्तिचौर १ का ४५ बर्षिय अम्मर बहादुर राना, कर्तव्य ज्यान मुद्धामा ६२ प्रतिशत कैद भुक्तान गरेका ठुलोलुम्पेक ६ का ३९ बर्षिय हर्क बहादुर विक, ज्यान मार्ने उद्योगमा ६८ प्रतिशत कैद भुक्तान गरेका दर्लामचौर १ का ५२ बर्षिय रिख बहादुर नेपाली र आगोलागी मुद्धामा ४९ प्रतिशत कैद भुक्तान गरेका रुपाकोट १ का ३८ बर्षिय बिष्णु बहादुर विकको कैद मिनाह भएको पाण्डेयले बताए ।

ङ श्रेणीको जिल्ला कारागारमा कैदी ५१, थुनुवा १२ र आश्रित २ गरी ६५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend