logo
  • शनिबार, साउन ३० २०८३

चौथौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको परराष्ट्रमन्त्री महतद्वारा उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

15320413_1824433211144927_1412117659_nबिमल खड्का, बाग्लुङ मङसिर १८ ।
बागलुङ जिल्लाको बुर्तिवाङमा चौथौ राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वाण्दो प्रतियोगितामा सरकारका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले आज उत्घाटन भएको छ । उदघाटन कार्यक्रममा मन्त्रीले अहिले बिदेशको सहयोगका कारण देश बिकाश निमार्णका काम चलिरहेकाले र बिदेशबाट आउने सहयोग कसरी जुटाउन सकिन्छ र बिदेशी सम्बन्ध कसरी बिकशीत गरि देशलाई आर्थिक बिकाश निमार्ण तर्फ लग्न सकिन्छ भने तर्फ आफनो ध्यान रहेको बताउनु भएको छ ।

सोहि अबसरमा मध्य पहाडी लोक मार्ग अन्तर्गत सबै भन्दा लामो मार्गको बाग्लुङ जिल्ला भएकाले यस लोक मार्गको काम हामीले छिटो भन्दा छिटो सम्पन गर्ने कत्व्य हो त्यसमा लागेका छौ उहाँले भन्नुभयो । यस क्षेत्रका जनताले पनि जसरी भुक्मप प्रभाबित भएकाले राहत पाए त्यसरी नै यस क्षेत्रका बाढी पडित जनताले राहत पाउने र यस क्षेत्रको तत्बन्घका लागी आफुले सरकार समक्ष पहल गर्ने र नेपालका १० सहरमध्येको एक नमुनाको रुपमा रहेको यो बुर्तिबाङ क्षेत्र नगरपालीका बाट बिमुख नहुने उहाको भनाई रहेको थियो ।

मन्त्रीले भन्नु भयो सबैलाई देश जनतालाई समेटेर र सबैको मन राखौ भनेर सरकारले सबिधान संसोधन ल्याएको र एमालेले नेता केपीबलीले अहिलेकै संबिधान संसोघनलाई पहिले समर्थन दिएको बताउनुभयो त्यस्तै मन्त्रीले प्रदेश न ५ का जिल्ला छुटिनन चाहान्न तर त्यो सबै कुरा संमभब नहुने उहाको भनाई रहेको छ । त्यस्तै सोहि कार्यक्रममा बोल्दै सासंस ज्ञानकुमारी छन्त्यालले यस क्षेत्रका जनता बाढी पहिरोबाट प्रभाबित भएकाले यस ठाउँलाई बाढी पडित प्रभाबित क्षेत्र घोषाण गर्नुपर्ने बताउनु भयो । आज भएको चौथौ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक वेल्ट कमिटिका दिनेश बुढा प्रथम आर्मी क्लबका गोबिन्द खत्री द्धितीय र तृतीय पुर्वाञ्चल बिकास क्षेत्रका दोर्ण बहादुर मगर हुनुभएको छ ।

प्रथम हुनेलाई ६०० द्धितिय हुनेलाई ३०० र तृतीय हुनेलाई २०० सय अमेरकिन डरलर ट्रफि ,सिल्भरमेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । नेपाल आईटिएफ राष्ट्रिय बल्याकबेल्ट कमिटीका अध्यक्ष तथा नेपाल अन्तराष्ट्रिय तेक्वान्डो महासँघका केन्द्रिय सदस्य एवम कार्यक्रमका सम्योजक घम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका अबसरमा परराष्ट्र मन्त्रि एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा प्रकाश शरण महतको प्रमुख आतिथ्यता, मानीय साम्सद तथा नेपाली काँग्रेसका केनिद्रय सदस्य बहादुर सिँह लामा तामाङ, नेपाली काँग्रेसकि नेतृ एवम क्षेत्र नँ ३ बाग्लुङकि साम्सद ज्ञान कुमारी छन्तयालको बिशिष्ठ आतिथ्यता रहेको हो ।

नेपाल आईटिएफ राष्ट्रिय बल्याकबेल्ट कमिटीका सल्लाहकार तथा नेपाली काँग्रेसका क्षेत्रिय सभापती दोर्ण कुमार कुवँर, नेपाल अन्तराष्ट्रिय तेक्वान्डो महासँघका सँस्थापक अध्यक्ष खडक बहादुर रानाभाट, नेपाल अन्तराष्ट्रिय तेक्वान्डो महासँघका अध्यक्ष अञ्जान धमला, प्रभु बैँक लिमिटेडका सञ्चालक किरण घायल,नेपाल राष्ट्रिय मार्सल आर्टसका प्रबिण कुमार शाहिको बिशिष्ठ आतिथ्यता एवम बुर्तिबाङ स्थित राजनैतिक दलका प्रतिनीधि, पत्रकार, बिभिन्न सँघसँस्थाका प्रतिन्ीधि, बिभिन्न क्षेत्रका खेलाडि लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका अबसरमा बाग्लुङ जिल्ला आईटिएफ सचिब नर बहादुर क्षत्रिको स्वागत मन्तब्य रहेको थियो । भने मानीय साम्सद तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बहादुर सिँह लामा तामाङले सुभकामना मत्ब्य ब्यतmगर्नुभएको थियो ।त्यस्तै नेपाली काँग्रेसकि नेतृ एवम क्षेत्र नँ ३ बाग्लुङकि साम्सद ज्ञान कुमारी छन्तयालले बोल्दै आफुले क्षेत्र नँ ३ को बिकास निर्माणका निम्ती अहोराद्ध खटिईरहेको र बाढि पिडितको मागलाई भुकम्प पिडित सरह सम्बोधन गरीदिन प्रमुखअतिथी समक्ष माग गर्नुभएको हो ।

त्यस्तै , नेपाली काँग्रेसका क्षेत्रिय सभापती दोर्ण कुमार कुवँरले बोल्दै यस क्षेत्रमा भईरहेको खेल क्षेत्रका बिकासमा सबैको सहयात्रा हुनुपर्नै बताउँदै बिकास उन्मुख नगरको रुपमा रहेको बुर्तिबाङलाई थप बिकसित बनाउनका निम्ती प्रस्तावित नगरपालीकालाई कार्यान्यन गराउँदै जिल्ल सदरमुकाम देखि भौगोलीक रुपमा पछाडि परेको यस क्षेत्रको बिकासका निम्ती आबस्यक पहल गरीदिन प्रमुख अतिथी समक्ष आग्रह गर्नुभएको हो । त्यस्तै नेपाली काँग्रेसका महादिबेशन प्रतिनीधि धिर प्रताप सिँहले बोल्दै बुर्तिबाङ क्षेत्रको बिकास निर्माणको निम्ती पहल गरीदिन आग्रह गर्नुभएको हो उता नेकपा एमाले जिल्ला सचिवालय सदस्य टँक पौडेलले बोल्दै सँबिधान सँसोधनका बिषयलाई लीएर सत्तापक्षले जनतालाई लडाउने खेल भएको बताउँदै अनाबस्यक बिषयमा जनतालाई लडाउने कार्य गर्न नहुने बताउनु भयो ।

नेकपा माओबादि केन्द्रका जिल्ला सचिवालय सदस्य चन्द्र अर्यालले बोल्दै राज्यबाटै थगिएको तथा भौगोलीक रुपले पछि परेको बुर्तिबाङ क्षेत्रको बिकास र प्रस्तावित नगरपालीकालाई महत्व पुर्ण तवरले सम्बन्धित निकाय समक्ष पहल गर्दै कार्यान्यनका लागि पहल गरीदिन आग्रह गर्नु भएको हो । उता राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्य गौरीश्वर पाण्डेले बोलदै स्थानीय तह पुनर सम्रचना र सँबिधान सँसोधनको नौ टँकिले जनतालाई लडाउने खेल भएको बताउँदै अनाबस्यक बिषयमा अल्झिएर तिन तहको निर्वाचनलाई पछि पार्नै काम भएको आरोप लागाउनु भएको हो ।

त्यस्तै नेकपा क्रान्तीकारी माओबादिका गुञ्ज भण्डारीले बोल्दै खेल क्षेत्रबाट बाग्लुङ पश्चिमी क्षेत्रको नाम परीचित हुँदै गएको बताउँदै यस्ता खेलकुदको बिकासका निम्ती सबैले सहयोग र सम्मोन्य कारी भुमिका खेल्नु पर्नै बताउनु भएको हो । कार्यक्रमकै अबसरमा प्रमुख अतिथी महतलाई प्रस्तावित बुर्तिबाङ नगरपालीकालाई कार्यान्य गर्नै र यस क्षेत्रका बाढि पिडितलाई भुकम्प पिडित सरह सुबिधा उपलब्ध गराउनका निम्ती सम्बन्धित निकाय समक्ष पहशल गरीदिन ज्ञापन पत्र समेत बुझाईएको छ ।

उक्त कार्यक्रम नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक वेल्ट कमिटिका आयोजना बागलुङ जिल्ला आइटिएफ तेक्वाण्दो संघको सह रहेको थियो कार्यक्रककम जिल्ला तेक्वान्दो संधका सचिब नर बहादुर क्षेत्रीको स्वागत र सञ्चालन प्रतिक पुनले गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend