
टोपलाल अर्याल, गुल्मी ।
पृथ्वी नारायण शाहाले फुटेका राज्य र टुटेका मन एकिकरण गरि बिशाल नेपाल बनाए । जोडिएका तराई पहाड र हिमाल बिस्तारै तोडिदैछ । नेता नेताबिच, जनता जनताबिचका मन टुटदै गएका छन् । राज्यका लगानी र व्यतिको सम्पति न्यायकै नाममा, माग पुरा गराउने नाममै फुट्दै गएका छन् ।
स्कुल पढ्ने स्कुले, व्यापार गर्ने व्यापारी, समाचार लेख्ने पत्रकार, समाजको पहरेदारीवाला नागरिक समाज लाठी लिएर आन्दोलनमा जुटेका छन् । जनताका काम हुने कार्यालयको गेटमा प्रहरी र प्रदर्शनकारी, यात्रु बोक्ने सवारीका साधन बसपार्कमै थन्किएका छन्, गाउँ र सदरमुकामको सम्बन्ध टुटेको छ । कति समय छिछि र दुरदुर देशको ।
कसलाई के भन्ने, यहाँ कसले कसलाई गन्ने । देश बेचिदैछ, नेताहरुमा राष्ट्रियताको खडेरी परेको छ । अहिले गाउँ र शहर आक्रामक बनिरहेका छन् । संचार माध्यम पत्रकार र नागरिक समाज आन्दोलित छन्, स्थिती हिंसात्मक भए सामाजिक सदभाव कायम गर्ने को ? परिस्थीतीले प्रदेश रोएको बेला जसले जलाई रोके पनि भएको छ, जसले जसलाई ठोकेपनि भएको छ । जिल्लाको स्थिती सामान्य भएको मन परेन अरे, संचार माध्यममा कम समाचार आयो रे ।
आन्दोलनकारीलाई समाचारमा आउन पर्ने, पत्रकारलाई नयाँ नयाँ समाचार चाहिने । हाम्रा आँखा देख्न लालायीत भएकाछन् पत्रिका र टेलिभिनका पर्दामा टाएर, बाइक र बस जलेको, स्थिती उत्तेजित भएर मान्छे ढलेको । संविधान जारी भएको चौध महिना पुग्दा समेत यसको कार्यान्वयनले गति लिन सकेको छैन र संविधान जारी हुँदाकै बेलाको बिबाद यद्यपी जारी छ ।
अहिले संघियता र संविधान कार्यान्यन प्रति जनतामा विश्वास छैन । परिस्थीतिले ०७२ को संविधान भन्दा ०४७ कै संविधान ठिकै भियो भन्ने भावना पैदा गरेको छ । संविधान जारी भएको भोली अर्थात ०७३ असोज ४ गते त्यस बेलाका मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले संविधान संशोधन गरेर असन्तुष्ट पक्षहरुको राजनीतिक माग सम्बोधन गर्ने भनेको धेरैले सुने र हेरे ।
त्यसयता पनि धेरै राजनीतिक सभाहरुमा नेताहरुले ‘संविधान ढुंगाको अक्षर होइन, यो गतिशील दस्तावेज हो, आवश्यकता अनुसार संशोधन हुन्छ’ पनि भने । त्यसैले संविधान कार्यान्वयनको मुख्य विषयतर्फ लाग्नका लागि संविधान संशोधन गरी असन्तुष्ट पक्षहरुको जायज माग सम्बोधन गर्नुको विकल्प छैन नेताहरु संग ।
तर संविधान संशोधनको विषयमा अहिले सत्तापक्ष र प्रतिपक्षबीच सडक र सदनमा जुहारी चलिरहेको छ । हिजो सबैपक्षका मागहरूलाई सम्बोधन गरेर मात्र संविधान जारी गर्नुपर्छ भन्दा समेत हतारमा संविधान जारी गर्नेहरू नै अहिले संविधान संशोधन गर्ने पक्षमा कम्मर कसेर लागिरहेका छन । तर सजिलो छैन, यो बिषय नेताहरुको गलपासो बनिरहेको छ ।
राजनीति सम्भावनाको खेल हो । अहिले जनता खेल हेरिरहेका छन् । सम्भावनालाई वास्तविकतामा बदल्नेहरू नै भोली वास्तवमा सम्मानित र नागरिकहरूका पुज्य बन्नेछन । संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीका बेला पनि नेपाली जनताले दुःख र अभावकाबीच पनि जुन किसिमको धैर्यता प्रदर्शन गर्दै राजनीतिक दलहरूको साथमा उभिए । तर त्यो साथ संविधान जारी भएको एक वर्ष पुग्दा–नपुग्दै नेपाली दलहरू जसरी आफ्नो कर्तव्यबाट चुक्दैछन।
त्यसैले नेपाली जनताको दलहरूप्रतिको विश्वास र भरोसा पनि डग्मगाएको छ । दुःखको समेत प्रवाह नगरी मुलुकको हितका लागि धैर्य गर्ने जनता हाल दलहरूले छिमेकी मुलुकको स्वार्थअनुकूल संविधान संशोधनका लागि व्यापक तयारी थालेपछि दलहरूप्रति आक्रोश र घृणा प्रकट हुनु स्वाभाविक हो ।
त्यसैले आन्दोलित सवै पक्षका सान्दर्भिक माग तत्काल पुरा हुनुपर्छ । किनकी लगातारको बन्दले जनताको दैनिकी दिन प्रतिदिन निकै कष्टपुर्ण बन्दै गएको छ । सरकारको समयमै ध्यान जानु जरुरी छ । आन्दोनकारीहरुमा पनि धैर्यता, संम्यमता, आपसी मित्रता र सद्भावको खाँचो छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend