logo
  • शनिबार, साउन ३० २०८३

तेक्वान्दो आईटीएफ च्याम्पियनशिपको सम्पुर्ण तयारी पुरा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिमल खड्का, बागलुङ मङ्सिर १७।
चौथौ राष्ट्रिष्य प्रोफेशनल तेक्वान्दो आईटिएफ च्याम्पियनशिप प्रतियोगिताको तयारी पुरा भएको बताएको छ । बुर्तिबाङमा पत्रकार सम्मेलन गर्दै नेपाल आईटिएफ राष्ट्रिय ब्ल्याकबेल्ट कमिटिका अध्क्षय एंब कार्यक्रमका संयोजक घम बहादुर थापाले आयोजित प्रतियोगिताको भैतिक तथा आर्थिक व्यबस्थापन पुरा भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो आयोजित प्रतियोगितामा ५ विकास क्षेत्रका खेलाडी , आयोजक, एपीएफ क्लव र नेपाल आर्मीको गरि ८ टिमका २४ जना ५७ देखि ६४ केजि समुहका खेलाडीको सहभागीता रहने बताउनुभएको छ । आयोजित राष्ट्रिय प्रोफेशन तेक्वादो प्रतियोगितामा सरकारका परराष्ट्र मन्त्री डा.प्रकाश शरण महतले यहि मङसिर १८ गते कार्यक्रमको उद्घाटन गर्ने संयोजक थापाले जानकारी दिनुभएको छ ।

नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक वेल्ट कमिटिको आयोजना र बागलुङ जिल्ला आइटिएफ तेक्वाण्दो संघको सह आयोजनामा धौलागीरी अञ्चलमा २ पटक राष्ट्रिय स्तरको प्रोफेशनल आइटिएफ तेक्वाण्दो प्रतियोगिता हुने भएको हो । बिशेष गरेर बुर्तिबाङ क्षेत्रमा तेक्वान्दोको थप बिकास , बिस्तार र संरक्षण साथै नेपालकै एक मात्र ढोरपाटन शिकार आरक्ष भएकाले आन्तरिक पर्यटन बिकासका लागी यस क्षेत्रमा यस्तो प्रकारको खेल आयोजना गरेको कार्यक्रममा बताएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई ६ सय, द्धितीय हुनेलाई ३ सय र तृतीय हुनेलाई २ सय अमेरीकी डलर, ट्रफि ,सिल्भरमेडल र प्रमाण पत्र प्रदान गरिने आइटिएफका केन्द्रिय सचिव राजु खड्काले जानकारी दिनुभएको छ । आयोजित तेक्वान्दो प्रतियोगितामा हिमचुली ईन्टरनेशनल प्रालिको मुख्य प्रयोजक तथा अन्य संघ सस्थाहरुको सहयोग रहेको बताएको छ । कार्यक्रममा भाग लिने खेलाडी रेफि, तथा राष्ट्रिय स्तरका कलाकारहरु भोली आईपुग्ने आयोजकले बताएको छ ।

आयोजित प्रतियोगितामा कुल ८ लाख खर्च गरिने बताएको छ । कार्यक्रममा नेपाल सरकारका परराष्ट्रिमन्त्रीको प्रमु्ख आथित्यता नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुर सिंह लामा र बाग्लुङ क्षेत्र नम्बर ३ की सांसद ज्ञानकुमारी छन्त्यालको बिशिष्ठ आथित्याता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend