logo
  • शनिबार, साउन ३० २०८३

अनेरास्वावियु गुल्मीद्धारा विपन्न जेहेनदार बिद्यार्थीलाई पोशाक वितरण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ १६ ।
अनेरास्वावियु जिल्ला कमिटी गुल्मीले जिल्लाका विभिन्न बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई बिद्यालयको पोशाक वितरण गरेको छ । उपल्लो तम्घास माविमा एक कार्यक्रमको आयोजना गरी ६ वटा बिद्यालयका १६ जना गरिव जेहेनदार बिद्यार्थीलाई पोशाक वितरण गरेको संगठनले जनाएको छ ।
13282113_1087406531324713_519880022_n
सेउघा निमाविको निमाविको कक्षा ६ मा अध्ययन गर्ने रमा सुनार, कक्षा ४ का आशिष स्यांजाली र कक्षा ६ का रमेश सुनार, रेसुंगा माविको कक्षा ८ मा अध्ययन गर्ने सरिता मुखियाले बिद्यालयको पोशाक पाएका छन् । त्यस्तै बुद्ध माविका कक्षा ५ का बिनोद परियार, कक्षा १ का बिक्रम सुनार, कक्षा ५ का नारायण नेपाली र कक्षा ३ का कृष्ण खत्री रहेका छन् ।
13329672_1087406454658054_754389765_n
उपाल्लो तम्घास माविका कक्षा १ का मनिषा नेपाली, यु केजी का आशा मुखिया, कक्षा ५ का निरुता सुनार, कक्षा ७ का बिना चुँदारा र अजय सुनार, महेन्द्र उमाविका नाथुराम बुढा तथा जनज्योति प्रावि नेटाका २ जना बिद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटा, संगठनका बिद्यार्थी इन्चार्ज हिरा एसी, संगठनका अध्यक्ष राजेन्द्र बिक्रम लगाएतका नेताले पोशाक वितरण गर्नुभएको थियो ।

कार्यक्रममा पोशाक वितरण गर्दै प्रमुख अतिथी सापकोटाले राज्य समृद्ध र समुन्नत बनाउन अवको राजनिती रचनात्मक कामले मात्र अघि बढ्ने भएकाले बिद्यार्थी संगठनले विपन्न बिद्यार्थीको हितमा हुने गरी गरेको बताउनुभयो । त्यस्तै बिद्यार्थी इन्चार्ज हिरा एसीले कुरा मात्र गर्ने तर काम नगर्ने प्रवृतीलाई हटाउन अनेरास्वावियु गुल्मीले यो काम गरेको बताउनुभयो । उहाँले परिवर्तन र संघर्षले बनेको एक मात्र संगठन सधै बिद्यार्थीका पक्षमा रहेकाले आगामी दिनमा यस्ता कामले निरन्तरता पाउने बताउनुभयो ।

संगठनका संयोजक राजेन्द्र बिक्रम कुवंरले कान भएका तर श्रवण शक्ति गुमाएका, आँखा भएका तर दृष्टि गुमाएका राज्यका निकायहरुलाई झकझकाउन सांकेतिक व्यंग्य स्वरुप यो काम गरेको बताउनुभयो । बुद्ध माविकी शिक्षिका शान्ति भण्डारीले राज्यको विभेदकारी नितीका कारण बिद्यालयमा दलित बिद्यार्थीको भन्दा गैर दलित बिद्यार्थीको अवस्था नाजुक भएको बताउनुभयो ।

कार्यक्रममा उपल्लो तम्घास मावि बिद्यालय व्यावस्थापन समितीका सदस्य तथा एमाले नेता गणेश श्रीपाली, युवा संघ नेपाल गुलमीका उपाध्यक्ष मोहन पाण्डेय, बिद्यार्थी नेताहरु काशिराम पाण्डेय, शोभाखर गिरी, श्रीराम महत, बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष गुणनिधी शर्मा, रेसुंगा मावि, महेन्द्र उमावि, बुद्ध मावि, सेउघा निमावि तथा उपल्लो तम्घास माविका शिक्षक तथा बिद्यार्थीहरुको सहभागीत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend