logo
  • शनिबार, भाद्र २० २०८३

जनजाती महासंघ कतारको अध्यक्ष पदमा ३ प्रतिस्पर्धी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, कतार मङ्सिर १४ ।
जनजाती महासंघ साखा कतारको छैंठौ अधिवेशन यहि आउदो डिसेम्बर २ तारिक हुने भएको छ । यो संगसंगै महासंघ भित्र रहेका जातीय सस्थाहरुले नयाँ कार्यकालका लागी विभिन्न पदहरुमा आफ्ना दावेदारी प्रस्तुत गरिरहेका छन् ।

यसपाली महासंघको अध्यक्ष पदमा यो समाचार तयार पर्दाको बेला सम्म ३ उमेदवारहरु प्रतिस्पर्धीका रुपमा देखिएका छन् । प्रतिस्पर्धी उमेद्वारहरुमा किरात राई यायोख्याबाट देबराज राई, मगर संघ कतार साखाबाट लिलाम चिड्डी मगर, भुजेल समाज कतारबाट शिव कुमार भुजेल रहेका छ । छैठौं अधिवेशनमा देखिएका उमेद्वारहरु पाँचौं कार्यकालका क्रमशः प्रथम उपाध्यक्ष, दिप्तिय उपाध्यक्ष र उपमहासचिव रहेका छन् ।

नेपाली कला, सस्कृति परम्परा, जगेर्ना गर्नको लागी प्रवास कतारमा रहेका जनजातीहरुले आफ्ना आफ्ना जातीय सस्था खोलेका थिए । आफ्ना सस्कारहरुको संरक्षण गर्नको लागी लागी परेका जातीय सस्थाहरुले जनजातीहरु एक सुत्र बाँधिएर अगाडी बढ्ने उदेश्यले जनजाती महासंघ कतारको साखा स्थापना भएको हो । अहिले सम्म कतारमा महासंघले कतारमा पाँचौ कार्यकाल सम्पन्न गर्दै छैठौं कार्यकालको लागी अधिवेशनको तयारी गरिरहेको छ ।

अधिवेशनको पुर्व सन्ध्या विभिन्न जातीय सस्थाहरुले प्रमुख पदहरुमा दाबेदारीहरु प्रस्तुत गरेपनि अन्त्यमा सहमतिमा जाने गरका थिए । यसपाली पनि त्यस्तै होस् भन्ने चाहना सल्लाहकार परिषद्का एक सदस्यले बताए । अहिले सम्म आफ्ना आफ्ना सस्थाले पदका लागी दावेदारी प्रस्तुत गर्दै महासंघमा पठाएका प्रतिनिधिहरुको नामावली यस प्रकार छन् ।

मगर समाजबाट लिलम चिदि मगर, दिप्तिय उपाध्यक्ष (प्रत्यासी अध्यक्ष), केशब घर्तिमगर, केशब रानामगर, किराँत याक्थुङ चुम्लुङबाट मनकुमार आङ्वो, सागर तुङ्वाहाङ्फे , नगेन पाक्सवा, तमू समाजबाट भाईकाजी गुरुङ (प्रत्यासी कोषाध्यक्ष), कृष्ण गुरुङ, तेज गुरुङ, राई यायोख्खाबाट देवराज राई प्रथम उपाध्यक्ष (प्रत्यासी अध्यक्ष), लोकबहादुर राई, शरण कुमार राई, तामाङ समाजबाट सचिवालय सदस्य तेज तामाङ (प्रत्यासी दिप्तिय उपाध्यक्ष), सन्देश तामाङ, गणेश ब्लेन्थेन तामाङ, कमल योन्जन तामाङ, थारु समाजबाट सत्यनारायण चौधरी, श्यामलाल चौधरी, भगवती चौधरी, भुजेल समाजबाट उपमहासचिव शिव कुमार भुजेल (प्रत्यासी अध्यक्ष), धनबहादुर भुजेल, श्रीमान भुजेल, रमेश भुजेल सुनुवार समाजबाट राजेश सुनुवार, बिष्णु बहादुर सुनुवार, इसान सुनुवार नेवा पूचबाट प्रमोद श्रेष्ठ (प्रत्यासी दिप्तिय उपाध्यक्ष), दिल कुमार श्रेष्ठ, लक्ष्मण श्रेष्ठ माझी समाजबाट सहकोषाध्यक्ष भरत माझी (प्रत्यासी कोषाध्यक्ष) देव माझी, भरत बहादुर माझी, प्रेम माझी रहेका छन् । भने अन्य मातृ सस्थाबाट अहिले सम्म बिवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend