logo
  • शनिबार, भाद्र २० २०८३

सुप समाजको दोश्रो अधिवेशन हुदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, कतार ।
सुदुर पश्चिम सेवा समाज दोहा कतारको दोश्रो अधिवेशन यहि हप्ता हुदै छ। महासचिव महेश कार्कीले दिएको जानकारी अनुसार सुप समाजको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनले आगामी कार्यकालका लागी नयाँ कार्यसमिति छनौट गर्ने छ ।
%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a5%87%e0%a4%b6%e0%a4%a8-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%ae-%e0%a4%9a%e0%a4%b0%e0%a4%a3%e0%a4%ae%e0%a4%be-2कार्यक्रममा उपस्थिति अतिथिहरु लगाएत सम्पूर्ण उपस्थित पाहुनाहरुलाई सुप समाजका कलाकारहरुले बिबिध सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्दै मनोरन्जन प्रदान गर्ने भएका छन् । स्थापनाको पहिलो कार्यकालमा नै सुप सेवा समाजले आफुलाई स्थापित बनाई सकेको छ ।

हिमाल, पहाड तराई एकताको कामना समृद्ध समाज निर्माण सु.प समाजको चाहना मूल नारा लिएर २०१५मा स्थापित यो सस्थामा सुदूरपश्चिमका ९ ओटा जिल्लालाई समावेश गरिएको छ । सामाजिक सेवाका साथै अन्तरिक विकास, कला, सस्कृति, र परम्पराहरुलाई प्रवासबाट भए पनि संरक्षण गर्नको लागी पहल गर्ने उदेश्य बोकेर स्थापित सुप समाजले आजको अवस्था सम्म आफ्नो उदेश्यलाई कायम राख्दै आएको छ ।

अधिवेशन यहि आउदो ९ डिसेम्बर २०१६ का दिनमा दोहाको जैदा टावर अगाडी रहेको टप फर्म रेस्टुरेन्टमा हुने भएको छ । कतारको दोहामा हुने यस कार्यक्रम दिन को ठिक १२ बजे संचालन हुने सम्पूर्ण सुदूर पश्चिमबासीहरुलाई विभिन्न सूचनाका मध्यमबाट समेत जानकारी गराइएको छ ।

अधिवेशन भब्यताका साथ सम्पन्न गर्नका लागी सम्पूर्ण सुदूरपश्चिमेली, दोहाबासी गैर सुदूरपश्चिमेली तथा कतारमा स्थापित सम्पूर्ण सामाजिक बैचारिक संघसस्थाहरु लगाएत पत्रकार, बुद्दिजीवी, समाजसेवीहरु सबैमा उपस्थितिको लागी समाज हार्दिक आव्हान गर्दछ ।

सस्थाको नयाँ हुन इच्छुकहरुको लागी पनि आवेदन खुलेको जानकारी गराउदै पुरानो सदस्यता नविकरण नभएका सदस्यहरुले पनि छिटो भन्दा छिटो सम्पर्क गर्न अनुरोध गरेको छ । समाजका अन्य थप जानकारी चाहिएको खण्डमा भने अध्यक्ष अमृत शाही, र महासचिव महेश कार्कीसंग सिधा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend