logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा देशभरका लोक गायकहरुको जमघट (फोटो फिचर)


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

  • दर्शकको अहिले सम्मकै ठुलो भिड

प्रेम सुनार, गुल्मी जेठ १६ ।
आफुहरुकै संगठनको एक कार्यक्रमा देशभरका ख्याती प्राप्त लोक गायकहरुको आज गुल्मीमा जमघट भएको छ । लोक तथा दोहरी गीत प्रतिष्ठना नेपाल गुल्मीको पाँचौ जिल्ला अधिवेशनमा सहभागी हुन् देशभरका लोक गायकहरु गुल्मी आएका हुन् ।
DSCN0114
प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, संस्थापक अध्यक्ष अमरविरही गुरुङ्ग, बरिष्ठ उपाध्यक्ष बद्री पंगेनी, प्रथम उपाध्यक्षहरु विमलराज क्षेत्री, उपाध्यक्ष विष्णु खत्री, सचिव शिरिष देवकोटा, पुष्कल शर्मा, रामचन्द्र चन्द लगायतका झण्डै २५ जना चर्चित लोक गायकहरु आएका छन । एकसेएक हस्ती कलाकारहरुको आगमनले यस लिल्लामा गरिएका सांस्कृतिक कार्यक्रम मध्ये दर्शकहरुको भिड अहिले सम्मकै बढि देखिएको छ ।

दर्शकहरुले कलाकारहरुको प्रस्तुति निशुल्क हेर्न पाएका छन् । हिजो दिउँसो देखि सदरमुकाम तम्घासको वालमन्दिर प्राङ्गणमा चलिरहेको अधिवेशनमा ति कलाकारहरुको प्रस्तुती हेर्न मानिसहरुको अपार भिड लागेको छ ।

वालमन्दिर प्राङ्गण भित्र खुट्टा टेक्ने ठाउँ नभएर मानिसहरु वाहिर रेलिङ्गमा झुण्डीएका त कोही पारी अग्लो स्थान खोज्दै बसेका छन् । कार्यक्रम प्रतिष्ठान गुल्मीका अध्यक्ष खुम खत्रीको अध्यक्षतामा चलिरहेको छ भने सञ्चालन सचिव जनक पन्थले गरिरहेका छन् ।

हेरौं कार्यक्रमका केहि झलकहरु
DSCN0113

DSCN0115

DSCN0117

DSCN0120

DSCN0121

DSCN0151

DSCN0153

DSCN0164

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend