साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, कतार मङ्सिर १४।
पर्वत युवा सेवा समाज कतारको बिशेष भेला सम्पन्न भएको छ । कतारमा सस्थागत रुपमा सामाजिक गतिविधिहरुलाई निरन्तर रुपमा सफलताका साथ निर्वाह गर्दै आएको सस्थाले आगामी अधिवेशनको पुर्वसन्ध्यामा यो भेलाको बोलाएको थियो । भेलाले सस्थाका आर्थिक गतिबिधि, समाजले गरेका कार्य माथी छलफल, निर्दे्शिका तथा आउदै गरेको अधिवेशन बारे चर्चा गरेको थियो ।
सस्थामा रुपलाई सहि ढंगबाट अगाडी बढाउनको लागि आर्थिक गतिविधिले महत्वपुर्ण भूमिका खेलेको हुन्छ । यसै सम्बन्धमा सस्थाले संचालन गरेका विभिन्न गतिविधिहरुलाई मध्यनजर गर्दै आर्थिक बिषयमा बृहत छलफल गरिएको थियो । छलफललाई टुंगोमा ल्याउदै सम्पूर्ण हरहिसाव सहित सस्थाका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले कोषाध्यक्ष दुर्गा बहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका थिए ।
अन्तरिक रुपमा हस्तान्तरण गरेको आर्थिक गतिबिधिलाई पूर्ण रुपले दुरुस्त छ या छैन भन्ने प्रष्ट समाजमा ल्याउनको लागी लेखा समिति गठन गरेको छ । सल्लाहकार सदस्य डिल्लीराम भट्टराईलाई लेखा समितिको संयोजक मनोनित गरिएको सदस्यहरुमा याम बहादुर केसी र बिष्णु कंडेल रहेका छन् । समितिले अबको २ हप्ता भित्र सम्पूर्ण विवरण सस्थालाई बुझाउनु पर्ने छन् । भेलामा अहिलेको समितिले यो कार्यकालको कार्य प्रगतीमा बारे छलफल गरेको थियो ।
छलफलमा समाजमा कार्य गर्दा भएका गतिविधिहरु भएका कार्य प्रगति तथा कमजोरीलाई औलयाउदै भोलिका दिनमा सहमतीका साथ सुधार्दै लैजाने निर्णय गरियो । समाजले निर्दे्शिका जारी गर्दै विधानको अध्यान गरि आगामी १५ दिन भित्र संसोधित बिधान सस्थामा ल्याउन गर्न निर्देशन दिएको छ । बिधान संसोधनको लागी सस्थापक सदस्य तथा खेल संयोजक अजय बिकको संयोजकत्वमा ५ सदस्यीय संसोधन समिति गठन गरेको छ ।
संयोजक सहित सदस्यहरुमा प्रमुख सल्लाहकार पूर्ण बहादुर नेपाली, अनुसासन तथा अनुगमन प्रमुख चिन्तामणि पौडेल, वर्तमान अध्यक्ष दिपेन्द्रजंग लामिछाने र महा सचिव दिल कुमार श्रेष्ठ रहेका छन् । सस्थाले आगामी अधिवेशनको सम्बन्धमा भने लेखा समिति र बिधान संसोधन समितिको विवरण पेश भई पारित भएको अवस्थामा तिथिमिति सार्वजनिक गर्ने निर्णय गरेको छ ।
कार्यकालको अन्तिम चरणको बिशेष भेलाको अध्यक्षता सस्थाका अध्यक्ष दिपेन्द्रजंग लामिछानेले गरेका थिए । महासचिव दिल कुमार श्रेष्ठले गरेको कार्यक्रम संचालनमा पर्वत युवा सेवा समाज कतारका कार्यसमितिहरु विभिन्न पदासिन पदाधिकारीहरु सक्रिय सदस्यहरु लगाएत कतारमा कार्यरत पर्वत बासीहरुको बृहत उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend